शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इजिप्ट र गिनिया क्वाटरफाइनलमा

बिहीबार, १३ माघ २०७८, ०८ : ०३
बिहीबार, १३ माघ २०७८

इजिप्ट र गिनिया अफ्रिकी कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । इजिप्टले आइभरी कोस्टलाई पेनाल्टी सुटआउटमा ५-४ ले हरायो । निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा समेत गोल नभएपछी खेल पेनाल्टी सुट आउटमा पुगेको थियो । 

ट्राइब्रेकरमा इजिप्टका जिजो, अमर अल सुलाया, ओमार कमल, मोहम्मेद एब्डेलमोनिइम र मोमम्मद सलाहले गोल गरे । आइभोरी कोस्टका निकोलस पेपे, इब्राहिम संगारे, म्याक्सवेल कर्नेट र वेलफ्रेड जाहाले गोल गर्दा इरिक बेइलीले गोल गर्न सकेननन् । इजिप्ट  फ्रिकी कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश  गरेको हो

यस्तै अर्को प्रि–क्वाटरफाइनलमा इक्वेटेरियल गिनियाले मालीलाई सडन डेथमा ६–५ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।  । निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा समेत खेलको नतिजा छिनोफानो नभएपछि पेनाल्टी भएको थियो ।

पेनाल्टी समेत ३-३ को बराबरी भएपछि खेलको छिनोफानो सडनडेथमा भएको थियो । जहाँ गिनियाले बाजी मारेको हो ।  अब गिनियाले अन्तिम चार प्रवेशका लागि सेनेगलको सामना गर्नेछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप