ad
x

वर्ल्डलिङ्कको इन्टरनेट रिफर गर्ने र पाउने दुवैलाई नेटटिभीसहित १ महिनाको इन्टरनेट प्याकेज निःशुल्क

person explore access_timeमाघ १३, २०७८ chat_bubble_outline0

इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले कम्पनीको सेवा रिफर गर्ने र पाउने दुवैलाई आईपीटिभीसहित निःशुल्क एक महिनाको इन्टरनेट प्याकेज दिने गरी अफर ल्याएको छ । बुधबारदेखि सुरु भएको यो अफरमा वर्ल्डलिङ्कका जुनसुकै विद्यमान ग्राहकले कम्पनीको इन्टरनेट जडान गर्नका लागि आफ्ना साथीभाइ तथा आफन्तलाई रिफर गर्न सक्नेछन् । यसरी रिफर गरेपछि नयाँ ग्राहकले तीन महिना वा एक वर्षको इन्टरनेट प्याकेज लिनुपर्नेछ । 


त्यस लगत्तै दुवै ग्राहक (रिफर गर्ने र लिने) ले नेटटिभीसहित एक महिनाको इन्टरनेट निःशुल्क रूपमा पाउनेछन् । वर्ल्डलिङ्कले उपलब्ध गराइरहेका सबै इन्टरनेट प्याकेजमा यो अफर लागू हुने कम्पनीले जनाएको छ । कम्पनीले हाल १५० एमबीपीएस, २२५ एमबीपीएस, ३०० एमबीपीएस र ६०० एमबीपीएस गतिका इन्टरनेट प्याकेज उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार ग्राहकले जतिसुकै व्यक्तिलाई इन्टरनेट रिफर गर्न सक्नेछन् । 



यसरी तीन जनालाई इन्टरनेट रिफर गर्दा रिफर गर्ने व्यक्तिले तीन महिनाको इन्टरनेटसँगै फाइभजी सहितको डुअल ब्यान्डमा निःशुल्क रूपमा अपग्रेड हुन पाउनेछन् । त्यस्तै पाँच जनालाई रिफर गर्दा पाँच महिनाको इन्टरनेटसँगै कम्पनीको मेश वाई-फाई बिकन १.१ समेत निःशुल्क रूपमा उपलब्ध गराइने कम्पनीले जनाएको छ । 



वर्ल्डलिङ्कका ग्राहकले यो अफरमा सहभागी हुन कम्पनीको वेबसाइट अथवा माई वर्ल्डलिङ्क एपमा रहेको ‘रिफर’ अप्सनमा जानुपर्ने हुन्छ । त्यसबाहेक कम्पनीको ग्राहक सेवा केन्द्रमा फोन गरेर तथा नजिकैको वर्ल्डलिङ्कको कार्यालय एवम् प्रतिनिधि कहाँ सम्पर्क गरेर पनि इन्टरनेट प्याकेज रिफर गर्न सकिनेछ ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।