शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजुले बनाए ‘फर्की आए म’

बिहीबार, १३ माघ २०७८, ११ : ०७
बिहीबार, १३ माघ २०७८

वैदेशिक रोजगारीको बिषय समेटेर टेलिश्रृखंला ‘फर्की आए म’ निर्माण भएको छ । कलाकार राजुराज पुरीले टेलिश्रृंखला निर्माण गरेका हुन् । सर्वसाधारणको चासो रहने बिषयमा चेतना फैल्याउने उदेश्यले टेलिश्रृंखला ‘फर्की आए म’ निर्माण भएको हो । 

दुर्गा पुरी निर्माता रहेकी टेलिश्रृंखलाको निर्देशन राजकुमार शाहले गरेका हुन् । राजुराज पुरी, उपेन्द्र प्रसाद पोखरेल, सपना थिङ, रोजी बर्देवा, अनुप राई, भिम लामा, राम लामा, लाल बहादुर गुरुङ, प्रेम लामा, राजु मग्रान्ती, प्रजिता खनाल, रामकृष्ण आचार्य, रमेशप्रसाद भट्टराई, सविन शंकर, निरु परियार, रेजीना उप्रेती, शान्ति तामाङ, पवित्रा आचार्य र हरिशरण गिरीको मुख्य भूमिका टेलिश्रृंखलामा छ ।

अमितकुमार ठाकुरको सम्पादन, स्नेहा शाहको छायाङ्कन रहेको टेलिश्रृंखलाका लेखक बालकुमार राई हुन् । हाम्रो समाजमा रहेको विभिन्न बिषयलाई सन्देशमूलक रुपमा प्रस्तुत गर्दै सर्वसाधरणमा चेतना फैल्याउन टेलिश्रृखंला निर्माण गरिएको कलाकार समेत रहेक निर्माता राजुराज पुरीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप