झापामा ५ वर्षीया बालिका बलात्कृत
झापामा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका-२ चैतुवारीस्थित प्रदीप इँटा भट्टामा काम गर्ने सर्लाही बरथवा नगरपालिका-२ हजरिया घर भएका ३८ वर्षीय गंगा मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यता रौतहटमा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा फतुवा विजयपुर नगरपालिका-३ मेवा बस्ने ३० वर्षीय चन्दन साह कानुलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । कानुले ती महिलालाई जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट मेवाटेङग्राहा र ईलाका प्रहरी कार्यालय लक्ष्मीनियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ