बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाल्पाको तिनाउमा एक महिलाको शव फेला

बिहीबार, १३ माघ २०७८, ११ : ४८
बिहीबार, १३ माघ २०७८

पाल्पाको तिनाउ नदीमा एक महिलाको बेवारिसे शव फेला परेको छ । रुपन्देहीसँग जोडिएको पाल्पाको तिनाउ गाउँपालिकामा ३ मा रहेको विद्युत गृह ड्याम नजिकै शव फेला परेको हो । अन्दाजी ६०–६५ वर्षीया महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका  प्रहरीका प्रवक्ता लक्ष्मण पचभैयाले बताए ।

उनका अनुसार शव घोप्टो परेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप