बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु

बिहीबार, १३ माघ २०७८, १२ : ०८
बिहीबार, १३ माघ २०७८

बुधबार राति रौतहट र बारा जिल्लामा भएको छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुवै दुर्घटनामा दुई मोटरसाइकलमा सवार चार जनाको मृत्यु भएको हो । रौतहटको गरुडा नगरपालिका–४ गरुडामा ना ६२ प ३३९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार रौतहटको गढीमाई नगरपालिका ८ का १९ वर्षीय महमद अलताफ आलम र २५ वर्षीय रवि साह छन् । गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

यस्तै, बाराको कलैया उपमहानगरपालिका २५ मा जिपको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।  मोटरसाइकलमा सवार कलैया उपमहानगरपालिका–५ का ४० वर्षीय नरेश साह र ५५ वर्षीय सितल साहको मृत्यु भएको हो ।  गम्भीर घाइते भएका उनीहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कलैयाबाट बिरगञ्जतर्फ जाँदै गरेको भारतीय नम्बरको जिपले बिपरित दिशाबाट आउँदै गरेको साहद्वय सवार ना८प ८८६३ नम्बरको मोटरसाइकललाई बुधबार राति साढे ८ बजे ठक्कर दिएको हो । जिप चालक फरार भएकोले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप