बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बजाजको नयाँ सर्भिस सेन्टर कुपण्डोलमा, ५५ मिनेटमै सर्भिस सेवा

बिहीबार, १३ माघ २०७८, १२ : ४२
बिहीबार, १३ माघ २०७८

बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले कुपण्डोलमा नयाँ सर्भिस सेन्टर खोलेको छ । अझ बढि सुविधा सम्पन्न सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले कुपण्डोलमा सर्भिसिङ सेन्टर संचालनमा ल्याएको बजाज कम्पनीले जनाएको छ । 

नयाँ सर्भिस सेन्टरमा जम्मा ५५ मिनेटमै काम सम्पन्न हुने कम्पनीले दावी गरेको छ । ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीले जनाएको छ । एक दिनमा ८० भन्दा बढी बाइकहरु सर्भिसिङ गर्न सक्ने क्षमता भएको यस सेन्टरमा ग्राहकहरुको सुविधाको लागि प्रतीक्षालय र क्याफेको सुविधा पनि छ । 

नयाँ सर्भिस सेन्टर शुभारम्भ गर्दै कम्पनीका जनरल म्यानेजर योगेन गुरुङले भने, ‘हामी कुपण्डोलमा शोरुम उद्घाटन गर्न पाउँदा खुसी छौं । हाम्रा ग्राहकहरू निरन्तर वृद्धि भइरहनुभएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप