शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रत्येक १८ मिनेटमा रेडियो तरंग पठाउने अपरिचित वस्तु रहस्यात्मक

बिहीबार, १३ माघ २०७८, १४ : ०७
बिहीबार, १३ माघ २०७८

ब्रह्माण्डभरी रेडियो तरङ्गको म्यापिङ गर्दा खगोलविदहरुले एउटा खगोलीय  वस्तु फेला पारेका छन् जसमा उर्जाको विशाल विष्फोट हुने गरेको पाइएको छ । यस्तो घटना उनीहरुले यसअघि कहिल्यै देखेका थिएनन् ।

सन् २०१८ को मार्चमा घुमिरहेको अन्तरिक्ष वस्तु देखा परेको थियो । यसले प्रत्येक घण्टा तीन पटक विकिरण निकाल्ने गर्दथ्यो । त्यतिबेला यसले अन्तरिक्षको लाइटहाउसको जस्तो काम गर्यो । यससँगै यो यो पृथ्वीबाट देख्न सकिने रेडियो तरंगको चहकिलो स्रोत बन्यो ।

खगोलविद्हरुले यसलाई झरेको ताराको टुक्रा माने । यो ताराहरुको ठूलो समूह वा मृत सानो तारा हुन सक्ने अनुमानसमेत गरियो । यस्तै यो बलियो चुम्बकीय क्षेत्र तथा अन्य केही हुन सक्ने ठानियो ।

यो तथ्य बुधबार नेचर जर्नलमा प्रकाशित अध्ययनको निष्कर्ष हो ।

‘यो वस्तु हाम्रो अवलोकनको समयमा केही घन्टाको अवधिमा देखा पर्दै हराउँदै गर्ने गरेको थियो,’ अध्ययनका लेखक नातासा हर्ली वाल्पकरले बताइन् । उनी कर्टिन युनिभर्सिटी नोड अफ द इन्टरनेशनल सेन्टर फर रेडियो एस्ट्रोनोमि रिसर्चका लेखिका हुन् ।

‘यो पूर्ण रुपमा अप्रत्याशित थियो । यो खगोलविद्हरुका लागि पनि डरलाग्दो किसिमको थियो । किनभने आकाशमा यस्ता गतिविधिका लागि ज्ञातमा रहेका त्यस्ता कुनै वस्तु पनि थिएनन् । यो हाम्रो अत्यन्त नजिक पनि थियो । यो ४००० प्रकाश वर्ष पर रहेको थियो ।

कुर्टिन युनिभर्सिटीका विद्यार्थी टिरोन ओडहर्टिले असामान्य खोज गरेका थिए । उनले पश्चिम अस्ट्रेलियाको बाहिरी भागमा मर्चिसन वाइल्डफिल्ड एरे दुरबिन प्रयोग गर्दा यो पत्ता लगाएका हुन्  ।

‘मैले गत वर्गा पहिचान गरेको स्रोत एउटा विचित्र वस्तु रहेछ भन्ने थाहा पाउनु एक रोमाञ्चक अनुभव हो,’ ओडहर्टिनले एक वक्तव्यमा जानकारी दिए । 
चम्किरहने अंतरिक्ष वस्तुहरु जुन निभ्ने बल्ने भइरहन्छन्, त्यसलाई ट्रान्सियन्ट भनिन्छ ।

‘ट्रान्सियन्ट बारे अध्ययन गर्दा तपाईंले ठूलो संख्यामा मृत  ताराहरु देख्न पाउनु हुनेछ ,’ अध्ययनका सह लेखक जेमा एन्डरसनले बताए ।

‘सुपरनोभा जस्ता ‘स्लो ट्रान्सियन्ट’ केही दिनको अवधिमा देखा पर्न सक्छ  र केही महिनापछि हराउने गर्छन् । न्युटन ताराजस्ता पल्सर भनिने ‘फास्ट ट्रान्सियन्ट’ सेकेन्डभरमा निम्भे बल्ने हुने गर्छन् । 

यो नयाँ अचम्मको चम्किलो वस्तु भने प्रत्येक १८ मिनेटको अवधिमा देखा पर्छ । 

शोधकर्ताका अनुसार उनीहरुको अवलोन अल्ट्रा–लङ्ग पिरियड म्याग्नेटरको परिभाषासँग मेल खान्छ । म्याग्नेटर साधारणतया सेकेन्डभरमा चम्किन्छ तर यो वस्तुले समय लिइरहेको थियो । 

यो एक प्रकारको बिस्तारै घुम्ने न्युट्रन तारा हो जसको सैद्धान्तिक रुपमा अस्तित्वमा आउने भविष्यवाणी गरिएको छ, ’ हर्ले–वाकरले भने । ‘तर कसैले पनि यस्तो प्रकारको वस्तुबारे पत्ता लगाएको थिएन किनभने हामीले यस्ता वस्तु यति सम्मको चम्किलो होलान् भन्ने आशा गरेका थिएनौँ । यसले चुम्बकीय ऊर्जालाई रेडियो तरङ्गमा परिवर्तित गरिरहेको छ त्यो पनि हामीले पहिला देखेकोभन्दा निकै प्रभावकारी ढङ्गले ।’

के यो वस्तु त्यही समयावधिमा चम्किरहन्छ त भन्नेबारे थप अनुसन्धानका लागि शोधकर्ताले आफ्नो निगरानी जारी राख्नेछन् । उनीहरुले अन्य समान वस्तु छन् कि भनेर पनि अनुसन्धान गर्नेछन् । 

हर्ले–वाकरले भने, ‘थप अनुसन्धानले यो एक दुर्लभ घटना थियो वा एक विशाल नयाँ जनसंख्या जसलाई हामीले पहिले कहिल्यै देखेनौँ भन्ने जानकारी दिनेछ । ’

सीएनएन


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप