शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस प्रवेश गरेकी अभिनेत्री रानीले भनिन्, ‘राजनीतिमा आएपनि मेरो ग्ल्यामरमा कमी हुनेछैन’

बिहीबार, १३ माघ २०७८, १५ : ००
बिहीबार, १३ माघ २०७८

चर्चित भोजपुरी अभिनेत्री रानी चटर्जी काँग्रेस पार्टीमा प्रवेश गरेकी छन् । भारतको उत्तरी प्रदेशको चुनावी माहोलका बीच उनी काँग्रेसमा प्रवेश गरेकी हुन् । आफु काँग्रेसमा प्रवेश गरेको उनले सामाजिक सञ्जालबाट जानकारी दिएकी हुन् । काँग्रेस प्रवेशपछि चुनावमा उम्मेद्वार बन्ने बिषयमा भने उनले आफु अहिले काँग्रेसको  प्रचारक मात्र बन्ने बताइन् ।

रानी फिल्ममा बोल्ड भूमिकाको कारण चर्चित छिन् । उनी सामाजिक सञ्जालमा ग्ल्यामरले भरिपूर्ण तस्बिर समेत सार्वजनिक गर्ने गर्दछिन् । नेता बनेपछि ग्ल्यामर छवि परिवर्तन हुने त होइन भन्ने प्रश्न समेत उनलाई गरिएको थियो । नेतृ बनेपछि आफ्नो ब्यवहार र ग्ल्यामरमा कुनै परिवर्तन नआउने उनले जवाफ दिएकी छन् ।

‘म गीताबाट सिता भन्ने छैन । मैले भर्खर नयाँ जिम्मेवारी पाएको छु । राजनीतिमा आएपनि मेरो ग्ल्यामरको अन्त्य हुँदैन ।  रानीले २००४ को फिल्म ‘ससुरा बडा पैसावाला’ बाट अभिनय करियर सुरु गरेकी हुन् । फिल्ममा उनको अपोजित भूमिकामा मनोज तिवारी रहेका थिए । यसपछि उनले धेरै हिट फिल्म दिइन् । जसमा ‘लेडी सिंघम’, ‘भाभी माँ’, ‘बाबुल की गलिया’, ‘छोटकी ठकुरैन’, ‘कसम दुर्गा की’, ‘तेरी मेहराबानीया’, ‘हेरा फेरी’ रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप