शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको शंकरापुरमा बन्द कोठाभित्र मृत फेला परे दम्पति

बिहीबार, १३ माघ २०७८, १५ : १८
बिहीबार, १३ माघ २०७८

काठमाडौंको शंकरापुरमा बन्द कोठाभित्र एक दम्पति मृत फेला परेका छन् । शंकरापुर नगरपालिका ३ बोजिनी बस्ने ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीय फुलकुमारी थिङ बिहीबार बिहान मृत फेला परेका हुन् ।

बुधबार बेलुका खाना खाएर सुतेका थिङ दम्पति बिहान अबेरसम्म नउठेपछि जेठा छोरा सूर्यबहादुर थिङले ढोका फुटाएर हेर्दा उनीहरुलाई मृतावस्थामा भेटिएको महानगरीय प्रहरी अपराध महाशाखा बौद्धले जनाएको छ । 

मृतक दम्पतीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरी वृत बौद्धले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप