
फेरि ‘भष्मे डन’ बन्लान् त विपिन ?
निर्देशक दीपेन्द्र के खनाल यतिबेला हिट फिल्म ‘पशुपति प्रसाद’ को सिक्वेल निर्माण तयारीमा छन् । फिल्मको सिक्वेल निर्माणको बिषयमा उनी लेखक समेत रहेका अभिनेता खगेन्द्र लामिछानेसँगको छलफल जुटेका छन् । कुन एंगलबाट सिक्वेल बनाउने भन्ने बिषयमा उनीहरुबीच सल्लाह भइरहेको छ ।
‘पशुपति प्रसाद’ दर्शक तथा समीक्षक सबैले रुचाएको फिल्म हो । फिल्मको छाप दर्शकको मनमा गहिरो छ । त्यसैले पनि सिरिज बनाउने दीपेन्द्रको चाहना हो । केही अगाडि राजधानीको एक कार्यक्रममा दीपेन्द्रले फिल्मको सिक्वेल बनाउने जानकारी दिँदै यसमा चुनौती रहेको समेत बताएका थिए ।
‘म जहाँ जान्छु ‘पशुपतिप्रसाद’ को सिक्वेलको कुरा उठ्ने गरेको छ । मलाई पनि बनाउन मन छ । तर आँट नै आइरहेको छैन’ दीपेन्द्रले भनेका थिए, ‘कोरोनाले चुनौतीपूर्ण अवस्थामा फिल्म क्षेत्र रहेको बेला ‘पशुपतिप्रसाद’ फेरि बनाउनुपर्छ कि भन्ने चाहिँ लागेको छ ।’
‘पशुपति प्रसाद २’ बन्ने भनेसँगै फिल्ममा ‘भष्मे डन’ रहने नरहने बिषयमा चर्चा चल्न थालेको छ । ‘पशुपतिप्रसाद’ मा ‘भष्मे डन’ को भूमिका विपिन कार्कीले निर्वाह गरेका थिए । अभिनेता विपिनको अभिनय करिअरको टर्निङ पोइन्ट पनि हो ‘भष्मे डन’ । नकारात्मक चरित्र भएपनि जीवन्त अभिनयका कारण विपिन सबैको मनमा बस्न सफल भएका थिए । अहिले पनि धेरैले विपिनलाई ‘भष्मे डन’ को रुपमा चिन्ने गरेका छन् ।
‘पशुपति प्रसाद’ पछि उनको फिल्म धेरै आएपछि ‘भष्मे डन’ को छाप भने मेट्न सकेको छैन । त्यसैले ‘पशुपति प्रसाद २’ बन्ने चर्चा गरिदाँ विपिन फेरि ‘भष्मे डन’ बन्ने भनेर हल्ला समेत चलिसकेको छ । निर्देशक दीपेन्द्रले फिल्ममा रहने भूमिकाको बिषयमा अहिले केही सार्वजनिक नगरेको अवस्थामा विपिनले भने एक मिडियासँगको अन्तवार्तामा ‘पशुपति प्रसाद २’ बने आफु फेरि देखिने संकेत गरेका छन् । अन्तवार्तामा उनले ‘पशुपति प्रसाद’ मा निर्वाह गरेको ‘भष्मे डन’ को चश्मा अहिले पनि जोगाएर राखेको बताए । ‘त्यो एकदमै जुगाड चस्मा थियो । फिल्मको छायाङ्कन सकिएपछि म आफैंले राखेको थिए’ विपिनले भनेका छन् ‘पशुपति प्रसाद २’ बन्ने तयारीमा छ, त्यसका लागि काम लाग्छ ।’
विपिन अहिले एक हिन्दी फिल्म अभिनय तयारीमा समेत छन् । ‘पशुपति प्रसाद’ अभिनेता खगेन्द्रले लेखेका हुन् । फिल्ममा खगेन्द्र लामिछाने, वर्षा शिवाकोटी, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे, सजन राई, विभु विप्सन लगायतको मुख्य भूमिका रहेको थियो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ