बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अभियान लघुवित्तको सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

बिहीबार, १३ माघ २०७८, १७ : ०४
बिहीबार, १३ माघ २०७८

अभियान लघुवित्त वित्तीय संस्थाको सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले प्रतिसेयर एक सय अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्काशन गर्नको लागि मुक्तिनाथ क्यापिटललाई प्रबन्धकमा नियुक्त गरेको हो । साधारण सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा अभियान लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् । 

हाल अभियान लघुवित्तको अधिकृत पूँजी रु.३० करोड, जारी पूँजी रु.२५ करोड, र चुक्ता पूँजी रु.१५ करोड २५ लाख रहेको छ । सर्वसाधारणहरुलाई सेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी रु.२५ करोड हुने संस्थाले जनाएको छ ।  अभियान लघुवित्त नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त राष्ट्रिय स्तरको “घ” वर्गको वित्तीय संस्था हो । 

यसका देशभर ६० वटा शाखा कार्यालय छन् । यसैगरी आ.ब.०७७÷७८ को असार मसान्त सम्ममा रु.१ करोड ७७ लाख खुद मुनाफामा रहेको यस वित्तीय संस्था दोश्रो त्रैमासिक अवधिसम्ममा रु.१ करोड ३७ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप