ad
x

भिजिट भिसामा विदेश लैजाने कार्यमा संलग्नमाथि कारबाही हुन्छः श्रममन्त्री

person explore access_timeमाघ १३, २०७८ chat_bubble_outline0

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा विदेश लगेर नेपाली नागरिकहरुलाई अलपत्र बनाउने बैदेशिक रोजगार ब्याबसायीहरुलाई सरकारले कारबाही गर्ने बताएका छन् ।  बिहीवार मन्त्रालयमा भिजिट भिसामा यूएई पुगेर अलपत्र भइ फर्केकाहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।


उनले आकर्षक रोजगारीको प्रलोभन देखाई विदेशमा अलपत्र बनाउने दलाल र म्यानपावर कम्पनीहरुको फन्दाबाट जोगाउन सरकारले मन्त्रालयका उपसचिव तथा सिआईबीका प्रहरी नायब उपरीक्षक सम्मिलित मार्सल टिम गठन गरेको बताए ।  मन्त्री श्रेष्ठले भिजिट भिसामा यूएई लगेर अलपत्र बनाउने दलालहरुलाई क्षमासमेत दिन नमिल्ने भन्दै सरकारले दलालहरूलाई खोजि खोजि कारबाही गर्ने बताए । मन्त्री श्रेष्ठले विदेश जाने नेपालीहरुले पनि एक पटक कम्पनी र कामको बारेमा बुझेर जानुपर्ने बताए । उनले आउँदो आइतबारबाट मन्त्रालयमा २४ सै घण्टा सेवा उपलब्ध हुनेगरी गुनासो सेन्टर स्थापना हुने बताए । 



त्यस्तै पीडितहरुले एक महिनासम्म काम लगाइदिने आशा गरेर बसेपनि काम नपाएपछि नेपाल सरकारलाई गुहारेको बताउँछन् । आकर्षक पारिश्रमिक हुन्छ भन्ने आशाले भिजिट भिसामा यूएई गएपनि दलालहरुले कुनै रोजगारी नदिएको गुनासो गरेका छन् । पीडितहरुले भिजिट भिसामा जानु आफ्नो गल्ती भएपनि गएपछि बेरोजगारी बनेर काम नपाइनुले थप समस्या सिर्जना भएको बताए ।  पीडितहरुले त्यहाँ रहेको दुतावासले कुनैपनि सहयोग नगरेको गुनासो गरेकाछन् ।



पीडितहरुले आर्थिक श्रोत कमजोर भएको र आकर्षक रोजगारी पाउने लोभको कारणले बाध्य भएर भिजिट भिसामा गएको तर दलालहरूले दुबई विमानस्थलमा पासपोर्ट र एक हजार डलर समेत लगेको गुनासो गरेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) का स्थानीय र अन्तर्राष्ट्रिय कम्पनीले नेपाली कामदारलाई यसरि लैजानु यूएई र नेपाल सरकारबीच भएको श्रम सम्झौता विपरीत हो । लामो समय बेखबर जस्तो बनेको नेपाल सरकार केहि दिन यता तातेको छ । 



हजारौं नेपाली रोजगारीको प्रलोभनमा परी भिजिट भिसामा यूएई पुग्ने र अलपत्र पर्ने क्रम बढेसँगै बैदेशिक रोजगार ब्याबसायीलाई नै सरकारले कारबाही गर्ने भएपछि ब्याबसायीहरुले मान्छे फिर्ता ल्याउन पनि थालेका छन् । 









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X