शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुर महानगरद्वारा भेरोशिल खोप कार्यक्रम स्थगित

बिहीबार, १३ माघ २०७८, १८ : २३
बिहीबार, १३ माघ २०७८

ललितपुर महानगरपालिकाले माघ १४, १६ र १७ गते ६० वर्षमाथिका व्यक्तिहरुलाई लगाउने भनिएको बुस्टर डोज खोप कार्यक्रमलाई परिवर्तन गरेको छ । महानगरपालिकाले आज एक सूचना जारी गरी खोप कार्यक्रमलाई परिवर्तन गरिएको जानकारी दिएको हो । 

सरकारले उपलव्ध गराउने भनिएको भेरोशिल खोप उपलब्ध नभएकाले बुस्टर डोजका रुपमा भेरोशिल खोप लगाउने कार्यक्रम हाललाई स्थगित गरिएको महानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।

महानगरपालिकाले उल्लेखित मितिमा कोभिसिल्ड खोपको मात्रा लगाइने र त्यसका लागि उक्त खोप लगाएको ६ महिना पुरा भएका ६० वर्षभन्दा माथिका व्यक्तिलाई सम्बन्धित वडामा सम्पर्क राख्न र बुस्टर डोज लगाउन पनि महानगरपालिकाले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप