तिनाउ खोलामा फेला परेको महिलाको शव सनाखत
बिहीबार, १३ माघ २०७८, १८ : ५९
तिनाउ खोलामा फेला परेको बेवारिसे महिलाको शव बिहीबार साँझ सनाखत भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ विद्युत ड्याम नजिकै तिनाउ खोलाको बीच भागमा घोप्टो परेको अवस्थामा भेटिएको शव रुपन्देहीको सैनामैना नगरपालिका–३ की ७८ बर्षीया जितकुमारी कार्कीको रहेको प्रहरीले जानकारी दिएको छ ।
अनुसन्धान गर्दै जाँदा उक्त शव कार्कीको भएको थाहा भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए । मृतकका छोरा चक्रबहादुर कार्कीले आमाको शव पहिचान गरी बुझेर लगेको पचभैयाले बताए । चक्रबहादुरका अनुसार जितकुमारी माघ ७ गते मर्निङ वाकका लागि घरबाट बाहिर निस्किएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम २ उपनिर्वाचनबारे पूर्वसांसद बेनुप प्रसाईंको विश्लेषण
-
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
-
हिमाली महासङ्घ राज्यका प्रस्तावक मुख्तियार भीमसेन थापा
-
कोशी प्रदेशका अस्पतालहरूमा रगतको चरम अभाव
-
‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट
-
एकीकृत समाजवादीलाई कमजोर ठाने देशमा अर्को उथलपुथल हुन्छ : माधव नेपाल