बिहीबार, १० फागुन २०८०
ताजा लोकप्रिय

कतार विश्वकप  छनोट :  ब्राजिल र इक्वेडरले अंक बाँडे

शुक्रबार, १४ माघ २०७८, ०८ : १०
शुक्रबार, १४ माघ २०७८

कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा ब्राजिल र इक्वेडरले अंक बाँडेका छन् । शुक्रबार बिहानको खेलमा दुबै टिमले १(१ गोल गरेका हुन् ।

यसअघि विश्वकपको लागि छनोट भइसकेको ब्राजिल र घरेलु टोली इक्वेडर खेलमा १० खेलाडीमा सीमित भए । कासेमेरोको गोलमा ब्राजिलले आठौं मिनेटमा अग्रता बनाएको थियो । फेलिक्स टोरेसले ७५औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । 

बराबरीसँगै ब्राजिल १४ खेलबाट ३६ अंकसहित शीर्ष स्थानमा यथावत छ । इक्वेडर १५ खेलबाट २४ अंकसहित तेस्रो स्थानमा छ । 

दक्षिण अमेरिकी छनोटबाट ब्राजिल र अर्जेन्टिनाले यसअघि नै विश्वकप यात्रा तय गरिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप