बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

स्वस्तिमाको ‘आइटम’ नृत्य भएको ‘थिरिमाली’ रिलिज

शुक्रबार, १४ माघ २०७८, १० : ५४
शुक्रबार, १४ माघ २०७८

अभिनेत्री स्वस्तिमा खड्काको आइटम नृत्य रहेको मलयालम फिल्म हो, ‘थिरिमाली’ । अभिनेता माओत्से गुरुङको समेत मुख्य भूमिका रहेको फिल्म भारतमा रिलिज भएको छ । 
अभिनेता गुरुङले सामाजिक संजाल मार्फत फिल्म बिहिबारबाट भारतमा रिलिज भएको जानकारी दिएका हुन् । फिल्म केरलाका दर्शकले हेर्न सक्ने उनले बताएका छन् ।

केही दिन अगाडि स्वस्तिमाको आइटम रिलिज भएको थियो । आइटममा नेपाललाई गलत तरिकाले चित्रण गर्ने गीतमा नाचेको भन्दै स्वस्तिमाको आलोचना भइरहेको छ ।
गीतमा निर्माण युनिटले अभिनेत्री अदीति बुढाथोकी र जसिता गुरुङको तस्बिर समेत देखिएको थियो । भिडियो विवाद भएपछि फोटो भने अहिले हटाइएको छ । 
केरलाबाट नेपाल आउने तीन पात्रको कथामा निर्माण भएको फिल्म काठमाडौँ, पोखरा र मुस्ताङमा छायांकन भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप