शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

१० अर्बको ऋणपत्रमा ५२ अर्बको माग, किन ऋण लिन चाहँदैछन् बैंकहरु ?

शुक्रबार, १४ माघ २०७८, १२ : २९
शुक्रबार, १४ माघ २०७८

नेपाल राष्ट्र बैंकले हालैमात्र जारी गरेको १० अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा पाँच गुणा बढीले आवेदन परेको छ । आन्तरिक ऋणका लागि गत सोमबार बैंकले दुई वर्षका लागि कुल १० अर्ब रुपैयाँ बराबरको ‘विकास ऋणपत्र २०८०’ जारी गरेको थियो । तर यता, बैंक तथा वित्तीय संस्थाहरुले उक्त ऋणपत्र खरिदका लागि अधिकतम ५२ अर्ब रुपैयाँ बराबरको माग गरेका छन् ।

राष्ट्र बैंककाअनुसार कुल १० अर्बको ऋणपत्रमा २ सय २७ बोलकबोल मार्फत ५२ अर्ब रुपैयाँ बराबरको माग दाबी परेको हो । यद्यपि, प्राप्त बोलकबोल मध्येबाट बुधबार राष्ट्र बैंकले औसत ५.७४ प्रतिशतको ब्याजदरमा ४२ वटा बैंक तथा वित्तीय संस्थालाई १० अर्ब रुपैयाँको ऋणपत्र बिक्री गरेको छ । 

किन ऋण लिन चाहँदैछन् बैंकहरु ?

राष्ट्र बैंकको ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाहरुको तीब्र आकर्षण देख्दै गर्दा अझै बजारमा तरलता अभावको समस्या विद्यमान रहेको पुष्टि गर्छ । त्यसो त यस्तो जटिलता दोस्रो त्रैमासको अन्त्य भएकाले पनि वित्तीय प्रणालीमा पुनः तरलता अभाव देखिएको जानकारहरु बताउँछन् ।

साथै यस्तो ऋणपत्र धितो राखेर आफूलाई चाहिएका बेला राष्ट्र बैंकबाट ५ प्रतिशतसम्ममा स्थायी तरलता सुविधा (एसएलएफ) समेत पाइने हुँदा बैंक तथा वित्तीय संस्थाहरु ऋणपत्र खरिदका लागि झुम्मिएको हुनसक्ने जानकारहरुको भनाइ छ ।

यस्तो ऋणपत्र धितोमा आफूलाई पैसा चाहिएका बेला राष्ट्र बैंकमा मात्र नभइ अरू बैंक तथा वित्तीय संस्थाहरुलाई समेत बिक्री गर्न पाइने हुँदा आकर्षण देखिएको उनीहरुको भनाइ छ । त्यसो त पुस मसान्तसम्म राम्रै निक्षेप संकलन भइरहेकोमा पछिल्लो माघ लागेसँगै बैंकहरुबाट निक्षेप घट्दो क्रममा रहेको छ ।

यस्तो निक्षेप पछिल्लो १० दिनमा मात्र ३० अर्बले घटेको राष्ट्र बैंकको भनाइ छ । हाल वित्तीय प्रणालीमा करिब १४ अर्ब रुपैयाँ बराबर मात्र अधिक तरलता रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप