शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सीमावर्ती क्षेत्रमा भेटियो भरुवा बन्दुक

शुक्रबार, १४ माघ २०७८, १३ : २६
शुक्रबार, १४ माघ २०७८

प्रहरीले भारतसँग जोडिएको दाङको सिमावर्ती क्षेत्र कोइलाबास नाकाबाट अवैध हतियार बरामद गरेको छ ।  जिल्लाको गढवा गाउँपालिका–८ दुर्गा सामुदायिक वन भालुखोलास्थित सिमावर्ती क्षेत्रबाट एक नाल भरुवा बन्दुक बरामद  गरिएको हो ।

भालुखोला जंगलमा नियमित गस्तीका क्रममा पुगेका सशस्त्र प्रहरीको टोलीले बन्दुक बरामद गरेको हो । कोइलाबास सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टका (विओपी) प्रमुख माधवप्रसाद ढुङ्गेलको कमाण्डमा खटिएको पैदल गस्तीले रुखको फेद मुनि लुकाइछिपाइ राखेको अवैध एकनाल भरुवा बन्दुक बरामद गरेको  प्रहरीको भनाई छ ।

 बन्दुक  विभिन्न किसिमका चोरीपैठरी, वन्यजन्तुको तस्करी तथा अपराधिक क्रियाकलापमा प्रयोग भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप