शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जुम्लाको जनसंख्या वृद्धिदर ०.८८ प्रतिशत

शुक्रबार, १४ माघ २०७८, १६ : ५९
शुक्रबार, १४ माघ २०७८

जुम्लाको वार्षिक जनसंख्या वृद्धिदर ०.८८ प्रतिशत रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार जुम्लाको जनसंख्या एक लाख १९ हजार ३७७ रहेको छ । २०६८ मा जुम्लाको जनसंख्या एक लाख ८ हजार ९२१ जना रहेको थियो । १० वर्ष अन्तरमा जुम्लाको जनसंख्या १० हजार ४ सय ५६ मात्रै वृद्धि भएको छ । 

जुम्लामा एक नगरपालिका र सात गाउँपालिका छन् । आठ स्थानीय तहमध्ये सबैभन्दा बढी जनसंख्या चन्दननाथ नगरपालिकाको रहेको छ । जिल्लामा सबैभन्दा कम जनसंख्या गुठीचौर गाउँपालिकाको रहेको राष्ट्रिय जनगणना २०७८ मा उल्लेख छ । 

चन्दननाथ नगरपालिकाको जनसंख्या २० हजार ९ सय ७३ रहेको छ । पुरुष १० हजार ४ सय ७५ जना र महिला १० हजार ४ सय ९८ जना रहेका छन् । नगरपालिकाभित्र ४ हजार १ सय ६६ घरधुरी संख्या र ५ हजार ३ सय ६७ परिवार संख्या रहेको छ । गुठीचौर गाउँपालिकाको जनसंख्या १० हजार ८ सय ९१ रहेको छ । 

पुरुष ५ हजार ३ सय ४४ र महिला ५ हजार ५ सय ४७ जना रहेको छ । गुठीचौर गाउँपालिकाको घरधुरी संख्या २ हजार २०५ वटा र परिवार संख्या २ हजार ४ सय ५१ रहेको जिल्ला तथ्यांक कार्यालय जुम्लाले जनाएको छ ।
 
यस्तै हिमा गाउँपालिकाको जनसंख्या १२ हजार ८ सय ४ जना रहेको छ । जसमा पुरुष ६ हजार ३८८ जना र महिला ६ हजार ४ सय १६ जना रहेको छ । हिमाको घरधुरी संख्या २ हजार ६२ र परिवार संख्या २ हजार १०४ रहेको छ । कनकासुन्दरी गाउँपालिकाको जनसंख्या १३ हजार ६८७ जना रहेको छ । पुरुष ६ हजार ८०७ जना र महिला ६ हजार ८८० जना रहेको छ । 

पातारासी गाउँपालिकाको जनसंख्या १६ हजार ८८१ जना रहेको छ । जसमा पुरुष ८ हजार ३४९ जना र महिला ८ हजार ५३२ जना रहेको छ । पातारासीको घरधुरी संख्या ३ हजार १९१ वटा र परिवार संख्या ३ हजार ३७४ रहेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनमा उल्लेख गरिएको छ । 

सिंजा गाउँपालिकाको जनसंख्या १२ हजार ७५५ जना रहेको छ । जसमा पुरुष ६ हजार ५६१ जना र महिला ६ हजार १८३ जना रहेको छ । सिंजामा घरधुरी संख्या २ हजार २७१ जना र परिवार संख्या २ हजार ४२७ रहेको छ । 
तातोपानी गाउँपालिका जनसंख्या १५ हजार ७२१ जना रहेको छ । पुरुष ७ हजार ७२८ जना र महिला ७ हजार ९९३ जना रहेको जनाएको छ । तातोपानीमा घरधुरी संख्या ३ हजार १९० वटा र परिवार संख्या ३ हजार ३२१ रहेको छ । 

तिला गाउँपालिकाको जनसंख्या १४ हजार ६९२ जना रहेको छ । जसमा पुरुष ७ हजार २६१ जना र महिला ७ हजार ४३१ जना रहेको छ । घरधुरी संख्या २ हजार ५८२ वटा र परिवार संख्या २ हजार ६६६ रहेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनमा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप