शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जबरजस्ती करणी कसुरमा दुई युवक पक्राउ

शुक्रबार, १४ माघ २०७८, २० : ४९
शुक्रबार, १४ माघ २०७८

जबरजस्ती करणी उद्योग गरेको कसुरमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको दुल्लु नगरपालिका–१२ का २३ वर्षीय मनोज सुनार र जाजरकोट जुनीचाँदे गाउँपालिका–९ का १८ वर्षीय रमेश खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वरप्रसाद साहले बताए ।

उनका अनुसार सुनारमाथि गत पुस ११ गते १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोप छ । यसैगरी खड्कामाथि १८ वर्षीया किशोरीलाई गत पुस १२ गते जबरजस्ती करणी गरेको आरोप छ । प्रहरीमा परेको जाहेरीका आधारमा थप अनुसन्धानका लागि दुवैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप