बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लागु औषध तथा हातहतियार मुद्दाका फरार प्रतिवादी पक्राउ

शुक्रबार, १४ माघ २०७८, २१ : ०७
शुक्रबार, १४ माघ २०७८

जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध तथा हातहतियार मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरेको छ । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा निवासी २५ वर्षीय निनो श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठले  आफू बस्ने कोठामा लागु औषध लुकाइराखेको भन्ने गोप्य सूचनाका आधारमा निजको कोठामा गई खानतलासी लिँदा विभिन्न किसिमका लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

कोठाको दराज भित्र लुकाइराखेको अवस्थामा दुई लिटरको लेखिएको नुफिन १३४ एम्पुल, फेनेरागन लेखिएको दुई लिटरको १३६ एम्पुल, डाइजेपाम लेखेको दुई लिटरको १३३ एम्पुल गरी कूल ४०३ एम्पुल बरामद गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

उनका अनुसार नाइट्राभेट–१०, १९२ चक्की, स्पास्मो प्रोजाइभोन प्लस लेखेको ५४ चक्की, कोडिन फासफाँटे र क्लोरफेननिरामिन मलेट लेखेको लागू औषध एक बोत्तल तरल पदार्थ र सोही दराजमा लुकाइराखेको अटो पेस्तोल ७।०५ एमएम ७ राउण्ड लेखेको म्याग्जिनसहितको पेस्तोल एक थानसमेत प्रहरीले बरामद गरेको हो  । 

घटनापश्चात श्रेष्ठ तत्काल फेला नपरी गत पुस १५ गतेदेखि फरार रहेकामा निज श्रेष्ठको खोजतलास गर्ने क्रममा कास्की पोखरा महानगरपालिका–६ हल्लनचोकबाट पक्राउ गरिएको हो । निजउपर तनहुँ जिल्ला अदालतबाट लागु औषध तथा हातहतियार खरखजना मुद्दामा १० दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप