
सुदूरपश्चिममा ४८६ सङ्क्रमित थपिए, दुईको मृत्यु

सुदूरपश्चिम प्रदेशमा आज थप ४८६ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ६९३ जनाको नमूना परीक्षण गर्दा ४८६ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पीसीआरमार्फत १८९ र एन्टिजेनमार्फत २९७ मा पुष्टि भएको हो । पीसीआर मार्फत सेती प्रादेशिक अस्पतालमा १२१, महाकाली अस्पतालमा २९, बाजुरा अस्पतालमा २३, डडेल्धुरा अस्पतालमा १०, कमलबजार अस्पतालमा ६ र एन्टिजेनमार्फत कञ्चनपुरका ९०, कैलालीका ६२, बाजुरामा १८, दार्चुलाका १२, बझाङका १८, बैतडीका ३०, डडेल्धुराका ४८, डोटीका १३ र अछामका ६ मा सङ्क्रमण पुष्टि भएको छ ।
सो अवधिमा प्रदेशभर २५७ सङ्क्रमणमुक्त भएका छन् । यस प्रदेशमा सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका–४ का ७५ वर्षीय पुरुष र कञ्चनपुरको भीमदत्त नगरपालिका–८ का ७१ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसअघि बिहीबार यस प्रदेशमा ५५८ मा सङ्क्रमण पुष्टि हुँदा १३० सङ्क्रमणमुक्त भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६२१ को ज्यान गइसकेको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ