बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनको बैठकमा जनमोर्चा अनुपस्थित

शनिबार, १५ माघ २०७८, १० : ४०
शनिबार, १५ माघ २०७८

स्थानीय तहको निर्वाचनबारे निर्णय गर्नका लागि शनिबार बोलाइएको सत्तारुढ गठबन्धनको बैठकमा राष्ट्रिय जनमोर्चा अनुपस्थित भएको छ । बैठक यतिबेला बालुवाटारमा जारी रहेको छ ।

बैठकमा अनुपस्थिति बारे जनमोर्चाकी नेतृ दुर्गा पौडेलले रातोपाटीसँग भनिन्, ‘हामीले बैठक बहिस्कार गरेका हैनौँ । म प्युठानमा छु । अध्यक्ष चित्रबहादुर केसी पनि बाहिर हुनुभयो । सचिव भीमलाल पुरीलाई पनि बैठकबारे ढिलो जानकारी भयो । प्राविधिक कारणले आजको बैठकमा पार्टीको सहभागिता हुनसकेन ।’ बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव लगायत नेता सहभागी छन् ।

वैशाख वा जेठमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने गरी शीर्ष नेताहरूमा सहमति जुटिसकेको बताइएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायत विषयमा छलफल भएको थियो । स्रोतका अनुसार जेठमा स्थानीय तहको कार्यकाल सके लगत्तै चुनावको मिति तय गर्ने तयारी गरिएको छ । गठबन्धनमा मितिबारे सहमति जुटेपछि प्रधानमन्त्री देउवाले निर्वाचन आयोगसँग परामर्श गरेर निर्वाचनको मिति घोषणा गर्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप