शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णाली प्रदेशसभाले चौथो बार्षिकोत्सव मनाउँदै

खुल्ला संसदको अभ्यासमा प्रदेशसभा
शनिबार, १५ माघ २०७८, १० : ४९
शनिबार, १५ माघ २०७८

कर्णाली प्रदेशसभाले आफ्नो चौथो वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाउँदै छ । माघ २१ गते स्थापना दिवस मनाउने भएपनि सोमबार देखिनै विविध कार्यक्रमहरु सञ्चालन गरिने सभामुख राजबहादुर शाहीले बताए ।
सोमबारदेखि प्रदेशसभा परिसरको सरसफाई गर्ने कार्यक्रम रहेको छ भने माघ १८ गते खेलकुद गतिविधि गरिनेछ । 

यस्तै युवाहरूसँग प्रदेशसभा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको पनि सभामुख शाहीले बताए ।  माघ २० गते टुर कार्यक्रमको आयोजना गरिने भएको छ । सोही दिन वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरिने भएको छ । प्रतियोगिताका लागि ‘म प्रदेश सभाको सदस्य भएँ भने’ शीर्षक राखिएको छ ।

वक्तृत्वकलामा प्रथम हुनेलाई १० हजार, दोस्रो हुनेलाई ७ हजार र तेस्रो हुनेलाई ५ हजारसहित प्रमाण–पत्र दिइने जनाइएको छ । माघ २१ गते बिहान भने ११ बजेदेखि औपचारिक कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण, स्मारिका विमोचन र जलपान कार्यक्रम गर्ने कार्यतालिका रहेको छ । 

यस्तै प्रदेशसभाले खुल्ला संसदको अभ्यास पनि गर्ने भएको छ । अबदेखि हरेक महिनाको दुई दिन सर्वसाधारणका लागि प्रदेशसभा खुल्ला राखिने भएको हो ।  सभामुख शाहीका अनुसार हरेक महिनाको १५ र २९ गते संसद खुल्ला हुनेछ । 

प्रदेशसभाभित्र के कस्तो छ  भन्ने विषयमा आम नागरिकलाई जानकारी होस् र  अवलोकन गर्न पाउन भन्ने उद्देश्यसहित खुल्ला संसदको अभ्यास थालिएको हो ।  सभा भित्रका सबै कुराहरूको विषयमा जानकारी दिएर घुमाउने कर्मचारीको समेत व्यवस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप