शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संविधानअनुसार उपनिर्वाचन गराउन नसक्नु सत्ता गठबन्धनको असक्षमता हो : प्रभु साह

शनिबार, १५ माघ २०७८, ११ : १८
शनिबार, १५ माघ २०७८

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री प्रभु साहले संविधान अनुसार उपनिर्वाचन गराउन नसक्नु सरकार र पाँच दलीय गठबन्धनको असक्षमता रहेको बताएका छन् ।  मधेस प्रदेशको धनुषा जिल्लामा पुगेका नेता साहले विभिन्न पालिकामा पार्टी नेताकार्यकर्तासंग भेटघाट गर्दै यस्तो बताएका हुन् । 

संविधान अनुसार प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त रहेको ठाउँमा ६ महिनाभित्र उपनिर्वाचन गराउनुपर्ने हो । तर, सरकार र निर्वाचन आयोगमा रहेकाहरु संविधान अनुसार उपनिर्वाचन गराउन नसक्ने असक्षमहरुको जमात भएको टिप्पणी उनले गरेका छन् । 

‘माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डले जुन संविधान र कानूनको हावाला दिँदै सांसदलाई कारबाही गरे । सोही संविधान र कानुन अनुसार ६ महिनाभित्रमा उपनिर्वाचन गराउन डराएका छन् । सरकार र निर्वाचन आयोगका पदाधिकारी उपनिर्वाचन नगराउने षडयन्त्रमा लागेका छन्’ साहले भने । 

संविधान र कानूनको रक्षा गर्ने भन्नेहरु नै किन सोही संविधान र कानून अनुसार उपनिर्वाचन गराउँन नसकेका हुन् ? सरकार र निर्वाचन आयोगमा भएका पदाधिकारीले जनताको अधिकार खोसेको बताउँदै उनले ति ठाउँमा पुरै आपराधिहरुकै हालीमुहाली भएको टिप्पणी गरेका छन् । 

‘सरकार र निर्वाचन आयोगमा पुरै आपराधिहरुको हालीमुहाली छ । कानुन अनुसार उपनिर्वाचन गरेर जनताको अधिकार सुरक्षित गर्नुपर्छ । जनताले आफ्नो स्वविवेक प्रयोग गरेर आफ्नो प्रतिनिधि चुन्न पाउँनुपर्छ । तर यि आपराधिहरु उपनिर्वाचनबाट डराएका छन, त्यसैले उपनिर्वाचन गराउँदैनन उनीहरु’ साहले भने । 

मधेस प्रदेशको धनुषा जिल्लाको विदेह नगरपालिका, धनुषाधाम नगरपालिका, शहीद नगरपालिका, कमला नगरपालिका, सबैला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका लगायतका बिभिन्न पालिकाका बिभिन्न गाउँबस्तीमा पुगेर साहले एमाले नेताकार्यकर्तासंग भेटघाट गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप