शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउड अभिनेता सलमान खान नेपाल आउने

शनिबार, १५ माघ २०७८, ११ : ४८
शनिबार, १५ माघ २०७८

बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् । उनलाई कीर्तिमानी नेपाली आरोही निर्मल पुर्जाले नेपाल ल्याउन लागेका हुन् । पुर्जाले सलमान नेपाल आउने सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ‘सलमान भाइलाई भेटेर आनन्द आयो । मेरो देशमा चाँडै भेट हुनेछ’ पुर्जाले लेखेका छन् ।  भेटमा पुर्जाले बलिउड सलमानलाई आफ्नो बायोग्राफी पुस्तक समेत उपहार दिएका छन् । जुन उनले शेयर गरेको तस्बिरमा समेत देख्न सकिन्छ । ७ महिना भित्रका संसारका १४ अग्ला हिमाल आरोहण गरेर विश्व कीर्तिमान राखेका पुर्जाले संसारका चर्चित सेलीब्रेटीलार्ई जुटाएर काठमाडौंमा एक कार्यक्रम गर्ने तयारी गरिरहेका छन् ।

सोही कार्यक्रममा सलमान समेत ल्याउने उनको योजना रहेको छ । भेटमा सलमानलाई पुस्तक दिँदै उक्त नेपाल आउने समेत निम्तो दिएको बताइन्छ । सोही कार्यक्रममा पुर्जाले विश्व चर्चित डिस्कभरि च्यानलका होस्ट बियर ग्रिल्ज पनि ल्याउने तयारी गरेका छन् ।

यसअघि दबङ रिलोेडेड कार्यक्रममार्फत सलमानलाई नेपाल ल्याउने तयारी गरिएको थियो । आयोजकले सलमान नेपाल आउने भन्दै थुप्रै पैसा समेत उठाएको थियो । तर कार्यक्रम विवाद सिर्जिएपछि सलमानको नेपाल कार्यक्रम स्थगित भएको थियो ।

लमानलगायत कलाकार ल्याउने बिषयमा कलाकारलाई सम्झौता अनुसार रकम भुक्तानी गर्न ४ करोड पठाउने बिषयमा ओडीसीका गुरुङले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट नेपाल राष्ट्र बैंकका लागि सिफारिस पत्र लिएको समेत जानकारी दिएका छन् । 

यस बिषयमा मन्त्रालयका सचिव महेश्वर न्यौपानले भने आफुलाई जानकारी नभएको बताए । केही अगाडि सलमान खान ल्याउने हल्ला मैले पनि सुनेको थिए । तर आधिकारिक जानकार भने छैन ।

त्यस्तै, मन्त्रालयका प्रवत्ता टेकराज पाण्डेले आफु केही दिनदेखि बिदामा रहेकोले यस बिषयमा जानकारी नभएको बताए ।

त्यस्तै, प्रर्यटन बोर्डका प्रवत्ता मणि लामिछानेले पनि यस बिषयमा जानकारी नभएको बताए । ‘नेपाल भ्रमण बर्ष २०२० मै सलमान खानलाई हामीले नेपाल ल्याउन चाहेको हो । तर बिबिध कारणले बातवरण मिलेन’ लामिछानेले भने ‘अहिलेको समय सलमानलाई नेपाल ल्याउन सेक अन्तराट्रिय जगतमा नेपाल सुरक्षित छ भन्ने सन्देश जानेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप