बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

निकास नखोजे गठबन्धनको औचित्यमाथि नै प्रश्न उठ्न सक्छ : रामचन्द्र पौडेल

शनिबार, १५ माघ २०७८, १२ : २८
शनिबार, १५ माघ २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो विकसित अवस्थाप्रति गम्भीर नहुने र निकास नखोज्ने हो भने सत्ता गठबन्धनको औचित्यमाथि नै प्रश्न उठ्न सक्ने बताएका छन् । नेता पौडेलले पछिल्लो समय राज्य व्यवस्थालाई नै असफलतातर्फ लैजाने प्रयासहरु क्रियाशील भएको भन्दै सत्ता गठबन्धनलाई गम्भीर हुन आग्रह गरे ।

शनिबार बालुवाटारमा बसेको गठबन्धन बैठकमा बोल्दै नेता पौडेलले सबैतिर गतिरोध कायम रहेको बताउँदै भने, ‘आज देशमा संसद चलेको छैन । सर्वोच्च अदालतमा गतिरोध कायमै छ । राष्ट्रिय महत्वका विषयमा गतिरोध कायमै छ । राज्य सञ्चालनमै गतिरोध देखिएको छ । सरकार संसदमा एउटा कानून पास गराउन सक्ने अवस्थामा छैन । कानून संशोधन गर्नसमेत सरकारले नसकेको अवस्था छ ।’

पौडेलले सरकार अहिले संसदमा केही गर्न नसक्ने अवस्थामा रहेको समेत बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप