
ब्राजिलमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या साढे दुई लाखभन्दा बढी

ब्राजिलमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या साढे दुई लाखभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरूले शुक्रवार दिएको जानकारीअनुसार ब्राजिलमा पछिल्लो एक दिनमा दुई लाख ६९ हजार ९६८ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
योसँगै ब्राजिलमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या दुई करोड ५० लाख ३४ हजार ८०६ पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रलायले जनाएको छ । ब्राजिलमा यसअघि एक दिनमा दुई लाख २८ हजार ९५४ जना नयाँ सङ्क्रमित थपिएको विवरण सार्वजनिक गरिएको थियो ।
मन्त्रालयका अनुसार कोरोनाभाइरसका कारण ब्राजिलमा अहिलेसम्म छ लाख २५ हजार ८८४ जनाको मृत्यु भएको छ । ती मध्ये ७९९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । कोरोनाभाइरसका कारण धेरै मृत्यु भएका देशहरू मध्ये ब्राजिल दोस्रो क्रम सङ्ख्यामा पर्दछ । ब्राजिलमा भन्दा धेरै विश्वमै सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ । तेस्रो धेरै मृत्यु भने भारतमा भएको देखिएको छ । –सिन्ह्वा
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ