शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पर्साको जनसङ्ख्या ६ लाख ४९ हजार

शनिबार, १५ माघ २०७८, १६ : ४५
शनिबार, १५ माघ २०७८

राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाअनुसार पर्साको जनसङ्ख्या ६ लाख ४९ हजार ३९७ पुगेको छ । राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाअनुसार मधेस प्रदेशको पर्साको जनसङ्ख्या पछिल्लो १० वर्षको अवधिमा जम्मा ४८ हजारले वृद्धि भएको देखिएको छ । यसअघि २०६८ सालको जनगणनाअनुसार जिल्लाको जनसङ्ख्या ६ लाख एक हजार १७ रहेको थियो । जिल्लामा ०.७४ प्रतिशतको दरले जनसङ्ख्या वृद्धि भएको तथ्याङ्कले देखाएको छ । 

जिल्लामा महिलाको जनसङ्ख्यामा कमी आएको छ । मुलुकभर महिलाको सङ्ख्या बढे पनि पर्सामा महिलाको जनसङ्ख्या कम रहेको छ । पर्सामा पुरूषको सङ्ख्या तीन लाख ३४ हजार ९१९ तथा महिलाको सङ्ख्या तीन लाख १४ हजार ४७८ रहेको छ । पुरुषभन्दा महिलाको जनसङ्ख्या २० हजार ४४१ कम रहेको छ ।

राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक प्रतिवेदनमा वीरगञ्ज महानगरपालिकाको दुई लाख ७८ हजार २७३ जनसङ्ख्या रहेको छ । महानगरमा एक लाख ३९ हजार ८४२ पुरुष र एक लाख २८ हजार ४२४ महिला छन् । महानगरपालिकामा ४७ हजार २१८ परिवारको बसोबास रहेको तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्कअनुसार कालिकामाई गाउँपालिकामा २३ हजार ४७०, ठोरी गाउँपालिकामा १७ हजार ४९४, पकाहामैनपुर गाउँपालिकामा २२ हजार ९५७, धोबिनी गाउँपालिकामा २२ हजार ७४६ तथा छिपहरमाई गाउँपालिकामा २६ हजार ७४२ जनसङ्ख्या छ ।

यसैगरी, पटेर्वासुगौली गाउँपालिकामा २५ हजार ५०८, जगरनाथपुर गाउँपालिकामा ३२ हजार सात, बिन्ध्यवासिनी गाउँपालिकामा  २४ हजार ४६६, जीराभवानी गाउँपालिकामा  २२ हजार ६०२, सखुवाप्रसौनी गाउँपालिकामा ३५ हजार ७१२, पोखरिया नगरपालिकामा ३८ हजार ९८५, पर्सागढी नगरपालिकामा ४१ हजार ४७७ तथा बहुदरमाई नगरपालिकाको ४३ हजार ७८० जनसङ्ख्या छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप