शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायती टेनिस खेलाडीलाई आतङ्कित पारेकोमा एक नेपाली दोषी

आइतबार, १६ माघ २०७८, ०६ : ५६
आइतबार, १६ माघ २०७८

लन्डन । बेलायती टेनिस खेलाडी एम्मा र्‍याडुकानु एकजना नेपालीका कारण तनावग्रस्त बनेकी छन् ।  साउथ इष्ट लन्डनस्थित उनकै घरसम्म पुगेर पिछा गरेको आरोपमा ३५ वर्षीय अमृत मगरलाई ब्रोम्ली मेजिस्ट्रेट कोर्टले शुक्रबार दोषी ठहर गरेको हो । लन्डनस्थित एजवेयर बस्दै आएका विवाहित मगरले एम्माको पिछा गरेको र घरमा पुगेर उनको बाबुको जुत्ता सौगातको रूपमा चोरेको आरोपमा  अदालतले दोषी ठहर गरेको हो । ढोकामा राखिएको सिसिटिभी फुटेजबाट उनलाई समातिएको हो ।

डेली मेलले जनाएअनुसार गत डिसेम्बर महिनामा कम्तीमा तीन पटकसम्म मगर एम्माको घरमै पुगेका थिए ।  विगतमा अमेजनको डेलिभरी ड्राइभरका रूपमा समेत काम गरेका उनले पहिलोपटक एम्माको घरमा पुगेर ’यु डिजर्भ लभ’ ( तिमी मायाको हकदार छौ) लेखेर फूलको गुच्छा छोडेका थिए । त्यसक्रममा एम्माका बाबुआमाले भेटेर सोधपुछ गर्दा उनले आफू डेलिभरी ड्राइभर रहेको र फूल अरूले नै पठाएको भन्दै झुट बोलेका थिए ।  

दोस्रोपटक एम्माको घरमा पुगेका मगरले क्रिसमस डेकोरेशनसहितको एक नक्सा कोरेर उनलाई भेट्न २३माइल लामो यात्रा गरेर आएको बताएका थिए ।  अदालतसँगको बयानका क्रममा एम्माले मगरका कारण आफ्नो स्वतन्त्रता खोसिएको अनुभव गरेको सुनाएकी थिइन् ।  सोही कारण आफ्नो घरबाट बाहिर निस्किँदा र त्यसमा पनि  एक्लै हुँदा आफूलाई झन् असुरक्षित महसुस हुने गरेको उनको बयान थियो । यही तनावका कारण आफ्नो घर नै परिवर्तन गर्न चाहेको पनि उनले बताएकी थिइन् । १९ वर्षीय  एम्माले गतवर्ष विश्व प्रतिष्ठित युएस ओपनको उपाधि जितेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप