बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी विनिमयदर

बुधबार, १९ माघ २०७८, ११ : २०
बुधबार, १९ माघ २०७८

नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्रीदर ११९.९७ र खरिददर ११९.३७ रुपैयाँ तोकेको छ । केन्द्रीय बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोक्दै डलरको खरिद र बिक्रीदर समेत तोकेको हो ।

यस्तै, आज एक यूरोको बिक्रीदर १३५.०६ र खरिददर १३४.३९ रुपैयाँ तथा पाउण्ड स्र्टलिङको बिक्रीदर १६१.९६ र खरिददर १६१.१५ रुपैयाँ छ । यसका साथै, अष्ट्रेलियन डलरको बिक्रीदर ८४.९९ र खरिददर ८४.५७ रुपैयाँ तोकिँदा सिंगापुर डलरको बिक्रीदर ८८.९१ र खरिददर ८८.४६ रुपैयाँ छ ।

१० जापानी येनको बिक्रीदर १०.४६ र खरिददर १०.४० रुपैयाँ कायम हुँदा चिनियाँ युवानको बिक्रीदर १८.८६ र खरिददर १८.७७ रुपैयाँ कायम छ । यसका साथै, साउदी रियालको बिक्रीदर ३१.९८ र खरिददर ३१.८२ रुपैयाँ कायम छ भने कतारी रियालको बिक्रीदर ३२.९५ र खरिददर ३२.७८ रुपैयाँ छ ।

यसैगरी, संयुक्त अरब इमिरेट्सको दिरामको बिक्रीदर ३२.६६ र खरिददर ३२.५० रुपैयाँ छ भने मलेसियन रिंगटको बिक्रीदर २८.६६ र खरिददर २८.५२ रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप