कोरोनाले स्थगित लोक सेवाका परीक्षा फागुनमा हुने
बिहीबार, २० माघ २०७८, २० : ४६
कर्मचारीमा कोरोना संक्रमण देखिएपछि स्थगित भएको लोकसेवा आयोगका परीक्षा फागुनमा सञ्चालन हुने भएको छ ।
लोकसेवा आयोगले नयाँ तालिका सार्वजनिक गर्दै उपसचिव वा सो सरह (अप्राविधिक–प्राविधि), शाखा अधिकृत वा सो सरह (प्राविधिक) र स्वास्थ्य सेवातर्फ नवौं, आठौं र सातौं तहको विभिन्न पदाका लिखित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन गर्ने जनाएको छ ।
तालिकामा स्थगित भएका सबै परीक्षा आउँदो २०७९ बैशाख १४ गतेसम्म सम्पन्न हुने उल्लेख छ । स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन हुने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्माको कारागारमा झडप हुँदा ४ जनाको मृत्यु, ८ घाइते
-
दीपेश पुन र नवीन अछामी कारागार चलान
-
दीपेश पुन छुटाउन ऋण खोज्दै साथी, भन्छन्– ४ लाख धरौटी जुटाउन सकेनौँ, कसैले ऋण पत्याए हुन्थ्यो
-
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु
-
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
-
‘फास्ट ट्रयाक’का २ वटा सुरुङमार्ग २ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने