विहीबार, १९ माघ २०७९
ताजा लोकप्रिय

पाठेघरको मुखको क्यान्सर : थाहा पाउने कसरी ?

शुक्रबार, २१ माघ २०७८, १७ : २८
शुक्रबार, २१ माघ २०७८

नेपालमा वर्षेनी ४० हजारभन्दा धेरै क्यान्सरका बिरामी फेला पर्छन् । पुरुषको तुलनामा महिलामा बढी क्यान्सर रोग लाग्ने गरेको पाइएको छ । नेपालको सन्दर्भमा पाठेघर मुख, स्तन क्यान्सर बढीलाई लाग्ने गरेको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पाठेघरको क्यान्सर १७ प्रतिशतलाई र स्तन क्यान्सर १५ प्रतिशतलाई लाग्ने गरेकाे पाइएको हो । पाठेघरको मुखको क्यान्सर अंगमा कोशिकाहरू नियन्त्रित नहुँदा, अनावश्यक रूपमा वृद्धि भई निको नहुने घाउ भएको वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागाईं बताउँछिन् ।  

पाठेघरको मुखको क्यान्सर (human papilloma vorous) प्यापीलोमा नामक भाइरसको कारण हुन्छ । पाठेघरको मुखमा रहेका कोशिकाहरूमा सङ्क्रमण हुँदा अनियन्त्रित तवरले बढ्न सहयोग गर्दा क्यान्सर हुन्छ । वीर अस्पताल हरेका वर्ष ८ देखि ९ सयको जना क्यान्सरका बिरामी उपचारका लागि पुग्ने गर्छन् । जसमध्ये पाठेघर, स्तन क्यान्सर बिरामी ३५ प्रतिशतभन्दा बढी हुने उनले सुनाइन् । तर, यति ठूलो सङ्ख्यामा क्यान्सरका बिरामी आउने अस्पतालमा रेडिएसन मेसिन भने छैन । क्यान्सर उपचार पद्धतिमा ७० प्रतिशत उपचार रेडिएसन मेसिनबाट गरिन्छ । 

 सरकारले क्यान्सर उन्मुलन गर्न सक्छ

 पाठेघरको मुखको क्यान्सर रोग उन्मुलन तर्फ सरकारले ध्यान दिनुपर्ने डा. चापागाईंले बताइन् । पाठेघरको मुखमा लाग्ने क्यान्सर लाग्नु पूर्व र लागि सकेपछि पनि उपचार गर्न सम्भव हुने उनको भनाइ छ । पाठेघरको मुखको क्यान्सर लाग्नुभन्दा १०/१२ वर्ष अघि नै पाठेघरको मुखको पानी जाँचेर पत्ता लगाउन सकिने हुँदा गाउँगाउँ स्क्रिनिङमा गर्नुपर्नेमा जोड दिइन् ।

यस्तै, हुयुम्यान प्यापीलोमा भाइरसविरुद्धको खोप पनि विकास भइसकेकाले पाठेघरको क्यान्सरलाई उन्मुलन सकिने उनको बुझाइ छ । विदेशमा प्यापीलोमा भाइरसविरुद्धका खोप दिन सुरु गरिएको छ । नेपालमा पनि यो खोप पाइलट प्रोजेक्टका रूपमा सञ्चालन गरिएको थियो । सरकारले बालबालिकाको नियमित खोप कार्यक्रम अन्तर्गत प्यापीलोमा भाइरसविरुद्धको खोप राख्नुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, ‘विवाह गर्नुभन्दा अगाडि खोप लगाउनुपर्छ कि यौन सम्बन्ध अगाडि लगाउनुपर्छ ।’

गाउँगाउँमा पाठेघरको मुखको स्क्रिनिङलाई पुर्‍याउनुपर्ने आवश्यकता रहेको उनले बताइन् । विशेषज्ञ डा. चापागाईँ भन्छिन्, ‘सरकारले पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ हरेक पालिकामा निःशुल्क गराउने एजेन्डा बनाएपनि त्यति  व्यवहारिक रूपमा लागू नभएको छैन । स्थानीय तहमा पाठेघरको स्क्रिनिङ कहाँ–कहाँ गएर गर्ने, कसरी लिने भन्ने बारे गाउँमा जनचेतना धेरै कम छ ।’

विश्वमा पाठेघरको क्यान्सर लाग्नुभन्दा अघि खोप, स्क्रिनिङ र क्यान्सर लागेको खण्डमा पनि किमोथेरापी र रेडियोथराफी र अप्रेसन मार्फत लगाउन उपचार गर्न सकिने भएकाले उन्मुलनमा सरकारले अग्रसरता देखाउनुपर्ने उनको भनाइ छ । उनी भन्छिन्, ‘खोप र स्क्रिनिङ्को पहुँच सबै पुर्‍याऔँ । यदि क्यान्सर लागेकालाई उपचार गर्ने अस्पतालमा किमोथेराफीको मेसिनको व्यवस्था गर्नुपर्‍यो ।’

 वीर अस्पतालमा ५ वर्षदेखि रेडिएसन मेसिन बन्द 

देशका विभिन्न अस्पतालबाट वीर अस्पतालमा क्यान्सरका बिरामी रिफर गरिन्छ । तर वीर अस्पतालमा उपचार गर्न आउने क्यान्सरका बिरामी निजी अस्पतालमा उपचार गराउन बाध्य छन् । विश्व स्वास्थ्य संगठनले एक लाख जनसङ्ख्याको लागि एउटा रेडिएसन मेसिन चाहिने भन्छ । नेपालको जनसङ्ख्या अनुसार सरदरमा २९ वटा मेसिनको आवश्यकता पर्छ  । देशभर सरकारी र निजी अस्पतालमा गरी जम्मा आठ वटा रेडिएसनको मेसिन सञ्चालनमा छ । सरकारले नारा चाहिँ  ‘समयमा उपचार गरे क्यान्सर रोग निको पनि हुन्छ’ भन्ने तर, व्यवहारमा भने लागू नगरेको क्यान्सर रोग विशेषज्ञहरू बताउँछन् । 

 इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ कन्सल्टेन्ट मेडिकल जनरलिस्ट  प्रमुख तथा  एन.सी.डि तथा मानसिक स्वास्थ्य शाखाका डा. फणीन्द्रप्रसाद बरालका अनुसार नेपालमा मुख्यतः फोक्सो क्यान्सर, स्तनको क्यान्सर, पाठेघरको मुखको क्यान्सरका बिरामी रहेका छन् । पछिल्लो समय मुखको क्यान्सरका बिरामीपनि बढ्दै गएको उनको भनाइ छ ।

नेपालमा रोग पहिचान नहुनु र पहिचान भए पनि अन्तिम चरण अवस्थामा हुने, उपचारको पहुँच कम हुँदा पनि क्यान्सर रोगीको मृत्यु हुने उनले बताए । सरकारले क्यान्सर रोगको उपचारको पहुँच सबैमा पुर्‍याउन राष्ट्रिय अबुर्द रोग रणनीति यसै वर्षदेखि लागू गर्ने भएको छ । यस्तै, यसै वर्षदेखि देशका सातै प्रदेशका सातै प्रदेश १/१ वटा अस्पताललाई नसर्ने रोगको उपचारका लागि डेडिकेटेड अस्पतालको रूपमा स्तरोन्नति गरिने डा. बरालले बताए ।

 विश्वमा वर्षेनी एक करोड भन्दाबढी मानिसको क्यान्सरका कारण मृत्यु हुन्छ भने वर्षेनी दुई करोड क्यान्सरका बिरामी थपिने गर्छन् ।

संयुक्त राष्ट्रिय संघको दिगो विकासका लक्ष्यहरू मध्ये लक्ष्य ३ को टार्गेट ३.४ का अनुसार २०३० सम्ममा नसर्ने रोगहरूबाट हुने मृत्युदरलाई प्रवर्धन रोकथाम, उपचार तथा गरी एक तिहाइले घटाउने भनी उल्लेख गरिएको छ ।  

 पाठेघरको मुखको क्यान्सरबारे डा. चापागाईं यस्तो बताउँछिन् ।

लक्षण

 पाठेघरको मुखको क्यान्सरका लक्षण व्यक्तिपिच्छे फरक हुन सक्छ । सुरु यो रोग लाग्दा खासै नदेखिए पनि पछि भने विभिन्न किसिमका लक्षण देखिने उनको भनाइ छ । 

–सुरुसुरुमा पहिलेभन्दा धेरै गन्हाउने पानी बग्ने, इन्फेक्सन भइराख्ने 

–महिनावारी नभएको समयमा पनि रगत देखा पर्ने

–महिनावारी बन्द भइसकेका महिलामा फेरि रगत देखापरेमा क्यान्सर लागेको हुन सक्ने शङ्का गर्ने

–क्यान्सर फैलिएको अवस्थामा खुट्टा सुनिन्ने, ढाँड तथा कम्मर दुख्ने, साथै दिसा पिसाबमा समस्या हुने

  कसरी बच्ने ?

–भीआइए अर्थात् प्याप स्मेयर टेस्ट गरेरपनि  क्यान्सर भए नभएको पत्ता लगाउन सकिन्छ ।

–भीआइएको परीक्षणको सहयोगबाट  पाठेघरको क्यान्सर हुनुभन्दा १० वर्षअघि थाहा पाउन सकिन्छ ।

–एक पटक मात्रै यौन सम्पर्क भएका ३० देखि ६० वर्षसम्मका सबै महिलामा केही स्वास्थ्य समस्या नभए पनि पाठेघरको परीक्षण गराउनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप