विदेशस्थित नेपाली राजदूतावासबाट पहिलोपटक विद्युतीय राहदानी जारी

विदेशस्थित नेपाली राजदूतावासबाट पहिलो पटक विद्युतीय राहदानी (पासपोर्ट) जारी भएको छ । सोमबार कतारको दोहास्थित नेपाली राजदूतावासबाट पहिलो पटक लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी जारी गरिएको हो । यो नै विदेशस्थित राजदूतावासबाट गरिएको पहिलो सफल परीक्षण हो ।
योसँगै आजबाट विद्युतीय राहदानीको लागि नेपाली राजदूतावास, कतारले बुकिङ समेत खुला गरेको छ । यद्यपि, सुरुको एक हप्ताका लागि सीमित मात्रामा बुकिङ खुल्ला गरिएको राजदूतावासले जानकारी दिएको छ ।
यस्तै, अन्य खाडी मुलुकहरु र मलेशियामा रहेका नेपाली नियोगहरूमा समेत विभागबाट विद्युतीय राहदानीको लागि आवश्यक पर्ने उपकरणहरु पठाइ सकिएको विभागले जनाएको छ । उक्त सामानहरु जडान हुनासाथ केही दिन भित्रै विद्युतीय राहदानीको सेवा अन्य मुलुकहरुमा समेत सुरु हुने विभागको भनाइ छ।
यी बाहेका अन्य अमेरिकी तथा युरोपेली मुलुकहरुमा समेत रहेका सबै नेपाली नियोगहरूमा उपकरणहरू पठाउने कार्य भइरहेको र केही हप्ताभित्र सेवा सञ्चालन गर्ने कार्यक्रम रहेको विभागले जानकारी दिएको छ । नेपालको हकमा ३६ वटा जिल्ला प्रशासन कार्यालयहरु र ५ वटा इलाका प्रशासन कार्यालयहरु गरी जम्मा ४१ स्थानबाट विद्युतीय राहदानीको लागि लाइभ इनरोलमेन्ट शुरु भइ सकेको छ । अन्य जिल्लाहरुमा तीन वटा प्राविधिक टोलीहरुले नेटवर्किङ गर्ने, उपकरणहरू जडान गर्ने र तालीम प्रदान गर्ने कार्य गरी गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिशूली जलविद्युत् आयोजना : हिउँदमा दैनिक ४ घण्टा पूर्ण क्षमतामा चल्ने
-
प्रि-ओपन सेसन नेप्सेमा सामान्य अङ्कले वृद्धि
-
टर्की : भूकम्पबाट बाँचे तर खुल्ला आकाश मुनी ठिहिर्याउने चिसोमा कसरी बसिरहेका छन् मानिस ?
-
सिके राउतले आफ्नै दाइलाई बनाए योजना आयोगकाे सदस्य
-
शिवम सिमेन्टको एक मात्र लक्ष्य गुणस्तरीय उत्पादन हो : उपाध्यक्ष अग्रवाल
-
विजय लघुवित्तले २० प्रतिशत बोनस दिने