निर्वाचन आयोगलाई सरकारको प्रश्न : बैशाख ३० मा चुनाव गर्न सकिन्छ ?
सोमबार, २४ माघ २०७८, १६ : १६

सरकारले निर्वाचन आयोगलाई आगामी बैशाख ३० गते स्थानीय चुनाव गर्न सकिन्छ ? भनेर सोधेको छ । सरकारले सोमबार मन्त्रिपरिषद बैठक अघि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया लगायतका उच्च पदाधिकारीलाई बैशाख ३० गते मिति तोक्दा चुनाव गर्न सकिन्छ सकिँदैन भनेर सोधेको हो । जवाफमा आयोगका पदाधिकारीले ‘सकिन्छ’ भन्ने जवाफ दिएका छन् ।
आयोगका एक आयुक्तले रातोपाटीसँग भने, ‘सरकारले हामीलाई बैशाख ३० मा चुनाव गर्न सकिन्छ सकिँदैन भनेर सोधेको छ, हामीले सकिन्छ भन्ने जवाफ दियौ ।’ आयोगका पदाधिकारीसँग कुराकानी गरेलगत्तै बालुवाटारमा अहिले मन्त्रिपरिषद बैठक जारी छ । बैठकले बैशाख ३० गतेलाई मिति तोक्ने सम्भावना बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपालमा
-
प्रादेशिक संरचना निर्माणमा राजनीतिक नेतृत्वको चासो छैन
-
चेकजाँचका क्रममा भागेको कार दुर्घटना, ४ सय २१ किलो गाँजा बरामद
-
फाइल बोकेर म आफैँ सिंहदरबार गएँ : मुख्यमन्त्री लामा
-
‘मोहर’को फस्टलुक रिलिज, यस्तो छ पल, बेनिशा र नीतिको गेटअप
-
दक्षिण कोरियामा नेपाली कामदारलाई आत्महत्या गर्न बाध्य पार्ने मालिक पक्राउ