मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

डिम्बाशय क्यान्सरका लक्षण

मङ्गलबार, २५ माघ २०७८, ०७ : ०९
मङ्गलबार, २५ माघ २०७८

पछिल्लो समय नेपालमा डिम्बाशयमा क्यान्सर लाग्नेहरूको  बढ्दै गएको वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागाईं बताउँछिन् । डिम्बाशयको क्यान्सर तीन प्रकारको हुने विशेषज्ञ डा. चापागाईंको भनाइ छ । 

डिम्बासयमा लाग्ने क्यान्सर मध्ये एपिथेलियल सेल क्यान्सर एक हो । जुन डिम्बाशयको बाहिरी भागको सतहबाट हुन्छ । यस्तै डिम्बाशयमा टयूमर क्यान्सर पनि लाग्छ । यस्तो खालको क्यान्सर डिम्बाशयमा रहेका अण्डा/अण्डाको कोशिकाबाट उत्पन्न हुन्छ । यो वयस्क महिला र बालबालिकामा बढी देखिने डा. चापागाईंको भनाइ छ ।  यस्तै स्ट्रनल टयूमर डिम्बाशयको वरपरको तन्तु र कोशिकाबाट उत्पन्न हुन्छ । विभिन्न प्रकारको डिम्बासय क्यान्सरको उपचार पद्धति भिन्न भिन्न हुने उनले जानकारी दिइन् । 

डिम्बग्रन्थिको क्यान्सर अण्डाशयको कोशिकाहरूमा सुरुबाट सुरु हुने   विशेषज्ञ डा. चापागाईं बताउँछिन् । महिलाहरूको पाठेघरको दुवैतिर हुने सानो अण्डा आकारको अङ्गलाई अण्डाशय भनिन्छ । अण्डाशय महिलाहरूको प्रजनन प्रणालीको एक महत्त्वपूर्ण भागको हो ।

 डिम्बाशय क्यान्सरका कारण

डिम्बाशय क्यान्सर हुनुको यही भन्ने कारण नभए पनि डिम्बाशय क्यान्सर हुने सम्भावना बढाउने कारण चाहिँ हुने डा. चापागाईं भन्छिन् । जस्तै :

–उमेर बढ्दै जाँदा

–पहिले कुनै क्यान्सर भएको छ भने डिम्बाशयको क्यान्सर हुने सम्भावना बढेर जान्छ । जस्तै स्तन,पाठेघरको

–परिवारमा आमा छोरी, दिदी र बहिनीलाई पहिला डिम्बाशयको क्यान्सर भएको छ भने ध्यान नदिँदा हुन सक्छ ।

–कहिले पनि बच्चा नजन्माएको महिलामा डिम्बाशयको क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

 लक्षणहरू

डिम्बाशयको क्यान्सर हुँदा  पहिलै अर्थात् चाँडैको अवस्थामा कुनै लक्षणहरू नदेखिन सक्छ । यद्यपि यस्ता खालका लक्षण देखिएमा वेवास्ता गर्न नहुने डा. चापागाईंको भनाइ छ । जस्तै,

–पेट विना कारण दुख्ने

–तल्लो पेट दुख्ने

–कम्मर दुख्ने

–पेटमा मासुको डल्लो जस्तो महसुस हुने

–खाना अपच हुने,वाकवाक लाग्ने, पेट फुल्ने

–कहिलेकाहीँ योनीबाट रगत बग्ने

–कहिलेकाहीँ पातलो दिसा आउने कहिले कब्जियत हुने

यद्यपि उल्लेखित लक्षणहरू क्यान्सर नभएको अवस्थामा पनि अरू कारणहरूले पनि हुनसक्ने भएकाले समयमै विशेषज्ञसँग परामर्श तथा जाँच लिनुपर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप