चर्चित हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’लाई मातृ शोक
शुक्रबार, २८ माघ २०७८, १० : ३०

चर्चित हास्य कलाकार तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’लाई मातृ शोक परेको छ । उनकी आमा विमला घिमिरेको शुक्रबार बिहान साढे दुई बजे ग्रिनसिटी अस्पतालमा निधन भएको कलाकार कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिए ।
६८ बर्षकी विमलालाई ९ महिना अगाडि मस्तिस्कघातको कारण ग्रिनसिटी अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा केही अप्रेसन गरिएको थियो । अप्रेसनपछि विमला कोमामा पुगेकी थिइन् ।
विमलाको आजै अन्त्येष्ठि गरिने परिवार श्रोतले जनाएको छ । विमलाको निधनप्रति बिभिन्न सेलिब्रेटीले सामाजिक संजाल मार्फत शोक ब्यक्त गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धनलाई पराजित गर्नुपर्छ, २०८४ मा एमालेको एकल बहुमतको सरकार बनाउनुपर्छ : केपी ओली
-
जीवास्म इन्धनबारे ओपेकको अडान जारी, वार्ता सकारात्मक टुङ्गोमा पुग्नेमा चीन आशावादी
-
गाजामा भएको हताहतका लागि अमेरिका नै जिम्मेवार हुनुपर्छ : अब्बास
-
पहिलेको तुलनामा सफा देखियो पशुपति क्षेत्र
-
एनसेल सेयर बिक्री प्रकरणको निष्पक्ष छानबिन गर्न माग
-
आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शर्मा