सुकेटार विमानस्थल पुनः सञ्चालनमा
सोमबार, ०२ फागुन २०७८, १० : ४८

मौसममा सुधार आएसँगै सुकेटार विमानस्थल पुनः सञ्चालनमा आएको छ । भारी हिमपात र प्रतिकूल मौसमका कारण सो विमानस्थलमा दुई सातादेखि हवाई उडान हुन सकेको थिएन ।
मौसम अनुकूल भएसँगै पूर्ववत् तालिकाअनुसार उडान भएको नेपाल वायुसेवा निगमका ताप्लेजुङका प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिनुभयो । निगमका जहाजले काठमाडौँबाट १४ यात्रु ताप्लेजुङ आइपुगेको छ, भने ताप्लेजुङबाट १७ यात्रु लिएर जहाज काठमाडौँ पुगेको उनले बताए ।
विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएका कारण उडान तालिकाअनुसार निरन्तर चार पटक उडान रद्द भएको थियो । निगमले सो विमानस्थलमा प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार गरी सातामा तीन दिन उडान भर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माग सम्बोधन नभएसम्म नागरिक उन्मुक्ति कुनै पनि सरकारमा सहभागी नहुने
-
के नेपालमा अमेरिकामा जस्तै साइबर हमला भएको हो ?
-
मनाङ अस्पतालमै छैन एम्बुलेन्स
-
‘सर्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय उडान दुई घण्टा अवरुद्ध
-
नेपाल विद्यार्थी संघ रोल्पाको अध्यक्षमा जिसी
-
संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याऔँ : महासचिव गौतम