बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउड सेलिब्रेटी : जसले मायामा धोका पाए

सोमबार, ०२ फागुन २०७८, ११ : ३९
सोमबार, ०२ फागुन २०७८

बलिउड फिल्ममा मायाका कुरा धेरै हुने गर्छ । फिल्ममा प्रेमलाई निकै सहज र सुन्दर देखाइन्छ । तर, वास्तविक जीवनमा भने प्रेमको परिभाषा फरक हुन्छ । फिल्ममा प्रेमको अन्त सुखद भएझैँ वास्तविक जीवनमा भने त्यस्तो नहुन सक्छ । बलिउड फिल्ममा देखिएका सुन्दर जोडीले वास्तविक जीवनमा पनि आफूहरुलाई प्रेमको बन्धनमा नबाँधेका होइनन् । तर, उनीहरुको प्रेमको अन्त सुखद भएन । 

फिल्म ‘मोहरा’ मा बलिउड अभिनेता अक्षय कुमार र अभिनेत्री रवीना टन्डनले एकसाथ काम गरेका थिए । उनीहरुको अनस्क्रिन रोमान्स केही समयमा नै अफस्क्रिन रोमान्समा परिवर्तन भयो । उनीहरुले तीन वर्षसम्म डेट गरे । र, इन्गेजमेन्ट पनि गरे । तर, उनीहरुको विवाह भने हुन पाएन । अक्षय कुमारले रवीनासँग ब्रेकअपपछि सुन्दर अभिनेत्रीहरुसँग अफेयर चलाउन थाले ।

रवीनासँग ब्रेकअपपछि खेलाडी अक्षय कुमारले अभिनेत्री शिल्पा शेट्टीसँग चक्कर चलाए । उनीहरुको भेट पनि फिल्ममा नै भएको थियो । उनीहरुको सम्बन्ध धेरै वर्षसम्म रह्यो । तर, सन् २००० मा उनीहरुको ब्रेकअप भयो । सम्बन्ध टुटेपछि शिल्पा निकै पीडामा रहिन् । उनले अन्तर्वार्ताका क्रममा अक्षयले आफूलाई प्रयोग गरेको र आफ्नी साथीसँग सम्बन्ध जोडेको आरोप लगाउएकी थिइन् । 
विवाहित गोविन्दाको अभिनेत्री रानी मुखर्जीसँग अफेयरको चर्चा चल्यो । उनीहरुले एकसाथ थुप्रै फिल्ममा काम गरे । गोविन्दा र रानी एकसाथ बस्न पनि थालेका थिए । तर, गोविन्दाकी श्रीमती सुनिता आहुजाले गोविन्दाका सबै सामान आफ्नो कब्जामा लिइन् । त्यसपछि रानी र गोविन्दाको सम्बन्ध टुट्यो । 

आदित्य पंचोलीको नाम सधैं विवादमा तानियो । उनी विभिन्न प्रकरणमा तानिए । उनी कुनै समय अभिनेत्री कंगना रनौतसँग डेट गरिरहेका थिए । उनी जरीना वहाबका पति हुन् । तर, पछि कंगनाले आदित्यमाथि विभिन्न आरोप लगाइन् र उनीहरुको सम्बन्ध विवादमा टुंगियो ।

बलिउड फिल्ममा रणवीर कपूर र दीपिका पादुकोणको जोडी निकै चर्चित छ । यी दुईलाई फिल्ममा मात्र होइन वास्तविक जीवनमा पनि धेरैले एकसाथ होस् भनी प्रार्थना गर्थे । यी दुई एक अर्कासँग वास्तविक जीवनमा पनि प्रेममा थिए । तर, रणवीरले दीपिकालाई धोका दिए । र, यो जोडीको सम्बन्ध पनि टुट्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप