प्रधान सेनापति र यूइईका राजदूतबीच भेटवार्ता
सोमबार, ०२ फागुन २०७८, १४ : १५
प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि यूएईका राजदूत सइद हम्दान अल नाबीबीच सोमबार भेटवार्ता भएको छ । भेटवार्ता जङ्गी अड्डास्थित प्रधान सेनापति शर्माको कार्यालयमा भएको हो ।
उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ। यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको सांसदमा सुनिता थापाले लिइन् शपथ
-
कृषि प्राविधिकको विवरण उपलब्ध गराउन मन्त्रालयको आग्रह
-
दक्षिण एसियाले आफ्नो व्यापार नीति पुनर्विचार गर्नुपर्छ : अध्यक्ष ढकाल
-
अनुसन्धानात्मक लेख तथा रचना उपलब्ध गराउन विभागको आग्रह
-
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान सम्पन्न, कहिले आउँछ नतिजा ?
-
यस्तो देखियो उपत्यकाबाट हिमालको दृश्य, तस्बिरहरु