शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘डेल्टाक्रोन’ का एकजना संक्रमित भेटिएपछि बेलायतका स्वास्थ्यकर्मी सतर्क

सोमबार, ०२ फागुन २०७८, १७ : १५
सोमबार, ०२ फागुन २०७८

बेलायतमा गत हप्ता डेल्टाक्रोन भनिने डेल्टा तथा ओमिक्रोनको मिश्रित भेरियन्ट एक व्यक्तिमा देखिएपछि त्यहाँका स्वास्थ्य अधिकारीले आधिकारिक रुपमा अनुसन्धान थालेको स्वास्थ्य सुरक्षा एजेन्सीले बताएको छ ।

एकैपटक दुबै भेरियन्टद्वारा संक्रमित भएका व्यक्तिमा डेल्टाक्रोन म्युटेट भएको बताइन्छ तर यो पहिलोपटक बेलायतमै वा अन्य देशमा म्युटेट भयो भन्नेबारे स्पष्ट जानकारी भने प्राप्त नभएको मिमरलाई उद्धृत गर्दै फक्सन्युज बताएको छ ।

एक महिना अघि युनिभर्सिटी अफ साइप्रेसका भाइरोलोजिस्टले आफूले डेल्टाक्रोनको भेरियन्ट एक महिना अघि नै भेटेको दाबी गरेका थिए । यद्यपि, धेरैले यसलाई भ्रमको संज्ञा दिएका थिए ।

शुक्रबारसम्मको खबर अनुसार बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सीले डेल्टा प्लस ओमिक्रोनबाट बनेको भेरियन्ट हाल अनुगमन र अनुसन्धानमा नै रहेको छ ।

डेल्टा र ओमिक्रोन दुबै अत्यधिक संक्रामक रहेको पुष्टि भएको छ । यद्यपि, डेल्टा र ओमिक्रोन मिश्रित यो भेरियन्ट कसरी र कत्तिको संक्रामक छ । यसका साथै एजेन्सीले यो भेरियन्ट एकजना भन्दा बढी व्यक्तिमा छ कि छैन भन्नेबारे पनि जानकारी दिएको छैन ।

डेली मेलले स्रोतलाई उद्धृत गर्दै बेलायतका स्वास्थ्य अधिकारी यतिबेला नयाँ भेरियन्टबारे खासै धेरै चिन्तित नभएको बताएका छन् किनभने यसबाटट खासै धेरैजना संक्रमित छैनन् ।

‘डेल्टाक्रोनको खासै ठूलो खतरा नहुनु पर्ने हो,’ युनिभर्सिटी इन्ट एङ्ग्लिया इन्फेक्सियस डिजिजका विज्ञ पल हन्टरले डेली मेललाई भने । उनका अनुसार संसारभरीका धेरैजसो मानिसले कोरोनाविरुद्धको भ्याक्सिन लगाइसकेका र यसबाट बाँच्नका लागि मानिसमा प्रतिरोधी क्षमता विकसित भइसकेको छ ।

‘त्यसैले हालको समयमा हामी खासै त्यति धेरै त्रसित छैनौँ । यदि डेल्टा र ओमिक्रोनको संक्रमण क्रमशः ओरालो लागिरहेको छ भने सैद्धान्तिक रुपमा यसले पनि आफ्नो फणा फैलाउन गाह्रै छ,’ हन्टरले भने ।

 बेलायत र अमेरिका दुबै देशमा पछिल्लो समय कोरोनाको संक्रमित घट्दो अवस्थामा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप