एमसीसीको लफडा : सडकमा आयो माओवादी (फोटोफिचर)
अमेरिकी अनुदान सहयोग परियोजना (एमसीसी) को विरोधमा माओवादी केन्द्र लगायत विभिन्न राजनीतिक दल र तिनका भ्रातृ संगठनहरुले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौैका माइतीघर, बबरमहल, नयाँ बानेश्वर र मीनभवनमा विरोध प्रदर्शन गरेका हुन् । माओवादी केन्द्र निकट वाइसीएल अखिल क्रान्तिकारीले एमसीसीको विरोधमा नयाँ बानेश्वरस्थित एभरेष्ट होटल सडक खण्डमा प्रदर्शन गरेको छ ।

त्यसैगरी मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बिहान ११ बज माइतीघरमा भेला भएर जुलुससहित बानेश्वर जाने कार्यक्रम छ ।
अर्को सत्तारुढ दल नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले एमसीसीको विरोधमा प्रदर्शन गर्दैछ । मिनभवनस्थित कमर्श क्याम्पसमा भेला भएर एमसिसीविरुद्ध विरोध प्रदर्शन गर्ने तयारी गरेको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
-
हर्क साम्पाङ भन्छन्– सदन खुलाउन सङ्कल्प प्रस्ताव पारित गरौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण