शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारत : विवाहका दौरान इनारमा खसेर १३ जना महिला र बालिकाको मृत्यु

बिहीबार, ०५ फागुन २०७८, ०९ : ०२
बिहीबार, ०५ फागुन २०७८

उत्तर प्रदेशको कुशीनगरमा बुधबार राति एक विवाहको दौरान १३ जना महिला तथा बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ जना बालिका रहेका छन् । गाउँमा विवाहको ‘हल्दी’ को परम्पराका दौरान इनारको माथि जालीमा बसेर पूजा गरिरहेका थिए । त्यतिबेला जाली टुटेपछि यो घटना भएको भारतीय मिडियाहरुले जनाएका छन् । महिलाहरु चिच्याएको आवाज सनेपछि स्थानीय घटना स्थलमा पुगेर उनीहरूको उद्धार गरेका थिए । उनीहरूलाई अस्पताल पुर्‍याउँदा १३ जनालाई मृत घोषित गरिएको थियो । सबैको मृत्यु डुबेर भएको बताइएको छ । घटनामा मृत्यु हुने बालिकाहरूको उमेर ५ देखि १५ वर्षको रहेको छ । 

कुशीनगरको नेबुआ नौरगिंगा थाना क्षेत्रमा परमेश्वर कुशवाहको घरमा विवाहको समारोह चलिरहेको थियो । राति १० बजे आसपास ५० देखि ६० महिला, युवती तथा बालबालिकाहरू विवाहमा मनाइने परम्परा अनुसार इनारमा पुगेका थिए । इनारमाथि फलामको जालीले ढाकिएको पाएपछि एकै चोटि धेरै त्यहाँ चढ्न पुगेका थिए । भार धेर भएपछि जाली टुट्न पुगेको थियो । त्यहाँ चढेका ३५ जना एकैपटक इनारमा खस्न पुगेका थिए ।

घटनामा २० जनभन्दा बढी घाइते भएको प्रहरीको भनाइ छ । मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति गहिरो शोक प्रकट गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप