कर्णाली सरकारले प्रजातन्त्र दिवस ३ दिनसम्म दिपावली गरेर मनाउने

कर्णाली प्रदेश सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर तीन दिनसम्म दिपावली मनाउने भएको छ । त्यसका लागि विभिन्न कार्यक्रमहरुको तय गरिएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको बैठकले प्रजातन्त्र दिवसको अवसर पारेर शुक्रबारदेखि आइतबारसम्म विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारले तीन दिनसम्म हरेक साँझ प्रदेशस्थित सबै सरकारी कार्यालय, सार्वजनिक एवम् सामुदायिक संघ–संस्था, शैक्षिक प्रतिष्ठान तथा निकायमा दिपावली गर्ने निर्णय गरेको छ । यस्तै प्रदेशबासीहरुका घर–घरमा पनि दिवापली गरेर प्रजातन्त्र दिवसलाई भव्य बनाउन प्रदेश सरकारले अनुरोध गरेको छ ।
यस्तै प्रदेशस्थित सबै सरकारी कार्यालय, सार्वजनिक एवम् सामुदायिक संघ–संस्था, शैक्षिक प्रतिष्ठान तथा निकायहरुमा राष्ट्रिय झण्डा फहराउने निर्णय गरिएको प्रमुख सचिव राजकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै स्थानीय प्रशासनसँगको सहकार्यमा शनिबार वीरेन्द्रनगर–४ स्थित शहिदपार्कमा मुख्यमन्त्री, सरकारका मन्त्री, कर्मचारी र सरोकारवालाहरुको उपस्थितिमा सरसफाई कार्यक्रमको आयोजना गर्ने निर्णय पनि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मच्छिन्द्रसँग हिमालय शेर्पा पराजित
-
न्यायाधीशको प्रश्न– सबै (जाहेरवाला र प्रतिवादी) अमेरिका जान खोज्नुको कारण के रहेछ ?
-
बुटवलका मासु पसलमा अनुगमन
-
प्रतिनिधिसभा सदस्यको संख्या १६५ बनाउन सांसद देवकोटाको माग
-
सदभाव र सुवासलाई तीन स्ट्रोकको अग्रता
-
एसईईको नतिजा नआई कक्षा ११ को भर्ना नगर्न काठमाडौँ महानगरको निर्देशन