एमसीसी विरोधी नेताहरु प्रचण्ड निवासमा

सत्तारुढ गठबन्धनमा एमसीसीको विपक्षमा रहेका नेताहरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आन्तरिक छलफलमा जुटेका छन् । छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादव र माओवादी नेता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।
खुमलटार स्रोतका अनुसार शुक्रबार विहान १० बजे सत्ता गठबन्धनको बैठक बस्नुअघि एमसीसी विरोधी नेताहरुबीच छलफल भइरहेको छ । सत्ताका नेतृत्व गरेको नेपाली काँग्रेसले एमसीसी टेबल गर्न जोडबल गरिहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्ने गठबन्धनकै विकल्प खोज्ने संकेत देखाएपछि प्रचण्ड, माधव र उपेन्द्रसहितका नेता आन्तरिक परामर्शमा जुटेको देखिन्छ ।
विहीबार साँझ बसेको गठबन्धनको बैठकमा सहमति नभएपछि प्रधानमन्त्री देउवाले विहीबार राति एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिको समग्र विकासलाई केन्द्रमा राखेर योजना अघि बढाएका छौंः मुख्यमन्त्री आचार्य
-
७५ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
बारामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
‘भारी’ अमेरिकी बम जेरूसेलम आइपुगेको इजरायली रक्षा मन्त्रालयद्वारा पुष्टि
-
प्रभु साहले ‘राजनीतिक स्टन्ट’का लागि प्रधानमन्त्रीलाई प्रश्न गरेः बर्तौला
-
१७ वर्षीया किशोरीलाई ब्ल्याकमेल गर्दा हिरासतमा पुगे आईटीका विद्यार्थी