शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतीय राजदूतावासले मनायो ७४ औं सेना दिवस

मङ्गलबार, १० फागुन २०७८, १४ : २३
मङ्गलबार, १० फागुन २०७८

नेपालस्थित भारतीय राजदूतावासले भारतको ७४ औं सेना दिवस मनाएको छ । के.एम करियाप्पाले भारतीय सेनाको कमाण्डर समालेको सम्झनामा प्रत्येक वर्ष भारतीय सेनाले सेना दिवस मनाउँदै आएको छ । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले गोर्खा सेनाका परिवारको कल्याणका लागि काम गरिने बताए ।

उनले भारतीय र नेपाली सेनाबीचको गहिरो ऐतिहासिक साइनोको सम्झना गरे । यस्तै कार्यक्रममा नेपाली सेनाका सेनापति प्रभुराम शर्माले नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गरे । त्यस अवसरमा उनले भारतको ७४ औं सेना दिवसका अवसरमा त्यहाँका सेनापति एमएम नरवणेलाई शुभकामना दिएका छन् ।

सेनापति शर्माले कोभिड १९ को महामरी विरुद्धको लडाईमा भारतीय सेनाले नेपाली सेनालाई गरेको सहयोग र नेपाली सेनाको आधुनिक करणमा खेलेको भूमिकाको प्रशंसा गरे ।  समारोहमा पूर्व सेना प्रमुख, कुटनैतिक वृत्तका अधिकारी तथा नेपाल सरकारका उच्च अधिकारीको उपस्थित रहेको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप