सप्तकोशी बैंक घोटला प्रकरण : १२ जनाविरुद्ध मुद्दा दर्ता
१५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ अपचलन गरेको आरोपमा सप्तकोसी बैंकका सीईओसहित १२ जनाविरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दर्ता भएको छ । ‘बैकिङ कसुर’ मुद्दामा बैंकका सिइओ नवीन सुवेदीसहित ९ जना कर्मचारी र तीन जना खातावाललाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालय मोरङले मंगलबार उच्च अदालतमा मुद्दा दर्ता गरेको हो ।
मुद्दामा सप्तकोशी बैंकको अपचलन भएको १५ करोड ७५ लाख र ५ सय ७५ रुपैयाँ बैंकलाई भराइदिनुपर्ने सोही बराबर प्रतिवादीलाई जरिमाना गर्नुपर्ने तथा ६ वर्षदेखि ८ वर्षसम्म कैदको सजाय माग गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अनुसार उच्च अदालतको वाणिज्य इजालसमा मुद्दा दर्ता भएको जानकारी दिए ।
मुद्दा पर्नेमा पक्राउ परेका ४ जना बैंकका सिइओ सुवेदी, बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराई, लेखा वित्त प्रमुख देवीप्रसाद भण्डारी, अपरेसन प्रमुख अमित थापा मगर, होमप्रसाद पौडेल छन् । यस्तै फरारहरू बैंकका कार्यालय सहयोगी चुडाबहादुर निरौला, कार्यालय सहायक पदबाट राजीनामा दिएका निश्चल सुवेदी, बैंकको कनिष्ठ सहायक पदबाट राजीनामा दिएकी समीक्षा अधिकारी, वरिष्ठ सहायक शुभेच्छा निरौला, खातावाला बबिता बस्नेत, कमल दाहाल र मनोज भट्टराई विरुद्ध मुद्दा दर्ता भएको हो । अदालतका अनुसार बुधबार (भोलि)देखि इजलासमा प्रतिवादीको बयान सुरु हुनेछ । बयान सकिए सोही दिन थुनछेक बहस हुने उच्च अदालत विराटनगरका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
-
विश्व द्वन्द्व ८० वर्षयताकै उच्च
-
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण