प्रेमीसँग मिलेर पतिको शव टुक्रा पारियो
दमक नगरपालिका–५ का ४३ वर्षीय दिनेश सिग्देलको आफ्नै श्रीमतीले प्रेमीसँग मिलेर वीभत्स तरिकाले हत्या गरेको खुलेको छ । सिग्देललाई उनकी कान्छी श्रीमती र उनको प्रेमी भनिने विराटनगर–४ इकराइका २९ वर्षीय सरोज भण्डारीले गरेको खुलेको हो । हत्या आरोपमा उनीहरू पक्राउ परिसकेका छन् ।
सिग्देलको शव फागुन ४ गते धरान–४ कोशी राजमार्ग अन्तर्गत धरान–धनकुटा सडकको जंगलमा फेला परेको थियो । उनीहरूले उनको हत्या शव भेटिनुभन्दा ११ दिन अगाडि गरेको पाइएको प्रहरीले जनाएको छ । उनीहरूले माघ २२ गते राती सिग्देलको हत्या गरेको प्रहरीले जनाएको छ । सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार हत्या गरेको भोलिपल्ट सिग्देलको शरीर ग्रेटर मेसिनले टुक्रा पारेका थिए । त्यसपछि जेब्रा झोलामा राखेर सिटी सवारीमा लगेर जङ्गलमा फालेका हुन् । प्रहरीले हत्या आरोपमा अनिता र सरोजलाई सार्वजनिक गरिसकेको छ ।
१० महिनाअघि बराइन गएका सिग्देल १५ दिनको बिदाको लागि पुस २० गते घर आएका थिए । अनिता भने विराटनगर ३ पिपलचौकस्थित डेरा लिएर बस्ने गर्थिन् । अनिताको पूर्व योजना अनुसार प्रेमी सरोजलाई प्रयोग गरेर आफ्नो डेरामा आएकै दिन सिग्देलको हत्या भएको हो ।
सिग्देलको हत्या गरेपछि भोलिपल्ट माघ २३ गते बिहान शव व्यवस्थापन गर्न लागेको देखिएको प्रहरीको भनाइ छ । उनीहरूले कोठाभित्र सिग्देलको हत्या गरेपछि शवको व्यवस्था गर्न चार हजार रुपैयाँमा बजारबाट ग्रेटर मेसिन, तीन थान जेब्रा झोला र पोलिथिन खरिद गरेको पाइएको छ ।
प्रेमीसँग मिलेर सरोजको हत्या गरेपछि शव जङ्गलमा फालेर उनीहरू पर्यटकीय गन्तव्य भेडेटार बास बसेको खुलेको छ । सरोज र अनिता ५/६ महिनादेखि प्रेम सम्बन्धमा रहेका थिए भने सँगै बस्दै आएका थिए । प्रहरीले हत्यामा प्रयोग गरिएको ग्रेटर मेसिन र गलबन्दी पनि बरामद गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
-
रेडक्रसमा भण्डारीको नेतृत्वमा नौ सदस्यीय तदर्थ समिति गठन
-
चार वटा जलविद्युत आयोजनालाई वन क्षेत्र प्रयोग गर्न स्वीकृति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण