फोहोरमान्डु बन्यो काठमान्डु, तस्बिरहरू हेर्नुहोस्
वर्षौँ अघि ठेक्का लागे पनि पासाङ ल्हामु राजमार्गको निर्माण सम्पन्न नभएपछि स्थानीयवासी विरोधमा उत्रिँदा काठमाडौँ उपत्यकामा फोहोरको डङ्गुर थुप्रिन थालेको छ । विगत ८ वर्षदेखि निर्माणाधीन राजमार्गको निर्माण नसकिएपछि छिटो सक्न दबाब दिँदै स्थानीयले सडक सञ्चालनमा अवरोध गरिरहेका छन् ।
फलस्वरुपः उपत्यकाको फोहोर नुवाकोटको सिसडोल पुग्न सकेको छैन । निर्माणको ठेक्का लागे पनि वर्षौँसम्म धुलो र हिलाम्य सडकको अवस्था सुधार गर्न स्थानीयवासीले फागुन १ गतेदेखि यातायात सञ्चालनमै अवरोध गरिरहेका छन् । जसकारण, फोहोरका गाडी सिसडोल पुग्न सकेका छैनन् ।
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले स्थानीयवासीले सडक बनाउन दबाब दिने लक्ष्यसहित अवरोध सृजना गर्दा फोहोर उठ्न नसकेको बताइन् । उनले रातोपाटीसँग कुरा गर्दै भनिन्, ‘जबसम्म स्थानीयले अवरोध हटाउँदैनन् । तबसम्म फोहोर हटाउन समस्या पर्ने छ । स्थानीयसँग पहल भइरहेको छ ।’ यसअघि, प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयवासीलाई फोन गरेर अवरोध हटाउन अनुरोध गरेको भए पनि अवरोध नहटेको खड्गीले बताइन् ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिमण्डल पुनर्गठनः गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण